Skip to content
  • ५ बैशाख २०८३, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

पछिल्ला ६ वर्षमा नेपालबाट बेचिएका एक हजार ८३४ जनाको उद्धार

२७ आश्विन २०८१, आईतवार २०:५१
जनवाणी संवाददाता

 

काठमाडौँ – नेपालबाट पछिल्ला ६ वर्षमा बेचबिखनमा परेका एक हजार ८ सय ३४ जनालाई प्रहरीले उद्धार गरिएको जनाएको  छ ।

नेपालभित्रै पनि आन्तरिक बेचबिखनका घटना र चीन, भारत, गल्फ मुलुक, युरोप र अमेरिकामा मानिस बेचिने प्रहरीको भनाइ छ । भारत तथा मध्यपूर्वी एसियाका मुलुकहरूबाट पीडितलाई उद्धार गरिएको मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसपी गौतम मिश्रले बताए ।

उनका अनुसार उद्धार गरिएकामध्ये महिला धेरै छन् । मानव बेचबिखनको अपराध प्रवृत्ति आन्तरिक र बाह्य दुई प्रकारका छन् । आन्तरिक प्रवृत्ति अन्तर्गत मनोरञ्जन क्षेत्रमा नेपालभित्र महिला र बालिकालाई यौन धन्दामा लगाइन्छ ।

बाह्य प्रवृत्ति अन्तर्गत चीन, गल्फ मुलुक, दक्षिण एसिया, युरोप र अमेरिकासम्म नेपालीहरू बेचिने गरेका छन् । नेपालबाट महिला र युवतीहरू सबैभन्दा धेरै भारत र मध्यपूर्वी एसियामा पर्ने मुलुक दुबई, ओमान, कुवेत, इराक र सिरियामा बेचिन्छन् ।होटल तथा कल कारखानामा ‘काम पाउने’ आसा बोकेर नेपालबाट महिला र युवतीहरू भारतका ठुला सहरमा पुग्छन् ।

तर, त्यहाँ लगेर विभिन्न समूहले वेश्यालयमा बेच्ने गरेको ब्यूरोका एसपी गौतम मिश्रले बताए । उनले भने, ‘हामीले नियन्त्रणको प्रयास गरिरहेका छौँ तर, पुराना समूह भत्कने र नयाँ समूहले काम थाल्ने गर्छन् ।’

 

Post navigation

घनश्यामले भने -कृषि कम्युन हेरेपछि  दलाल पूँजीपतिबाट पार्टी बचाउन विप्लवबाट सिकौं
कोहलपुर हत्याकाण्ड : चन्द्र बहादुर कामिको टाउको अनिता परियारको घरमा सेफ्टीट्याङ्कीमा भेटियो










 

 

 

 

ताजा खबर

  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो २७ आश्विन २०८१, आईतवार २०:५१
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने २७ आश्विन २०८१, आईतवार २०:५१
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै २७ आश्विन २०८१, आईतवार २०:५१
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु २७ आश्विन २०८१, आईतवार २०:५१
  • श्रीमतीसहित घरदैलोमा धनराज शाही, काठमाडौँ–१ मा चुनावी अभियान तीव्र २७ आश्विन २०८१, आईतवार २०:५१

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2026 janabani.com
Developed by: 9849815297