Skip to content
  • १३ कार्तिक २०८२, बिहीबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

अग्नी पीडितको घरदैलोमा आफैले उत्पादन गरेको खाध्यान्न र कपडासहित – नेकपा

१३ कार्तिक २०८१, मंगलवार ०७:५०
जनवाणी संवाददाता
 

कालीकोट — आफैले उत्पादन गरेको धान, चामल र लुगासहित नेपाल कम्युनिस्ट पार्टी अग्नी पीडितको दैलोमा पुगेको छ । असोज ३० गतेको आगलागीबाट प्रभावित भएका तिलागुफा–६ जुबिथाका प्रभावित परिवारको घरदैलोमा पुगेर विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले खाद्यान्न सामाग्री वितरण गरेको छ ।

पार्टी स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज भरत सीको नेतृत्वमा आगलागी प्रभावित क्षेत्र जुबिथा पुगेर सोमबार पीडित परिवारलाई राहत वितरण गरिएको हो । तिलागुफा–६ का वडाध्यक्ष पर्वलाल शाहीमार्फत आगलागीबाट क्षति व्यहोरेका परिवारलाई सघाउन ‘जहाँ विपद्, त्यहाँ नेकपा’ भन्ने नाराका साथ राहत सामग्री हस्तान्तरण गरेको नेकपा प्रतिनिधि समिति सदस्य तथा काठमाडौं माहनगर ईन्चार डिआर सीले जानकारी दिए ।

रास्कोट–८ भात्तडी जिउलोमा खेती गरेर भित्र्याएको ३ बोरा धान, ५ बोरा चामल, काठमाडौंमा पार्टीले संचालन गरेको गार्मेन्टमा तयार पारिएका कपडासहित केही व्यवसायीबाट जुटाएको राहत सामग्री हस्तान्तरण गरेको उनको भनाई छ ।

पीडित परिवारका अगुवा मनराज शाहीले र वडा अद्क्ष प्रबलाल शाहीले  आपत परेका बेला सहयोग उपलब्ध गराएकामा धन्यवाद दिए । जुबिथामा आगलागीमा परेर ३ घर पूर्णरूपमा क्षति हुँदा २६ परिवार प्रभावित भएका छन् ।

 

 

Post navigation

थाले चीन भ्रमणको तयारी प्रधानमन्त्री केपी शर्मा ओलीले
संसदीय समितिबाट अनुमोदन सेवा लम्साललाई बेल्जियमको राजदूत बनाउने प्रस्ताव

ताजा खबर

  • उच्च हिमाली क्षेत्रमा कात्तिक १५ गतेसम्म यात्रा नगर्न सङ्खुवासभा प्रशासनको आग्रह १३ कार्तिक २०८१, मंगलवार ०७:५०
  • वैकल्पिक शक्तिबीच शृंखलाबद्ध संवाद एउटै पार्टी बनाउने, नभए सहकार्य १३ कार्तिक २०८१, मंगलवार ०७:५०
  • इजरायल-हमास : शान्ति सम्झौताको मियो बने ट्रम्प १३ कार्तिक २०८१, मंगलवार ०७:५०
  • मणिपालदेखि गण्डकी मेडिकलसम्म नर्सहरूको आन्दोलन, स्वास्थ्य सेवा प्रभावित १३ कार्तिक २०८१, मंगलवार ०७:५०
  • सर्वोच्च अदालतमा मंगलबारदेखि रिट दर्ता खुल्ने १३ कार्तिक २०८१, मंगलवार ०७:५०

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2025 janabani.com
Developed by: 9849815297