Skip to content
  • १९ जेष्ठ २०८३, मंगलवार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

अग्नी पीडितको घरदैलोमा आफैले उत्पादन गरेको खाध्यान्न र कपडासहित – नेकपा

१३ कार्तिक २०८१, मंगलवार ०७:५०
जनवाणी संवाददाता
 

कालीकोट — आफैले उत्पादन गरेको धान, चामल र लुगासहित नेपाल कम्युनिस्ट पार्टी अग्नी पीडितको दैलोमा पुगेको छ । असोज ३० गतेको आगलागीबाट प्रभावित भएका तिलागुफा–६ जुबिथाका प्रभावित परिवारको घरदैलोमा पुगेर विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले खाद्यान्न सामाग्री वितरण गरेको छ ।

पार्टी स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज भरत सीको नेतृत्वमा आगलागी प्रभावित क्षेत्र जुबिथा पुगेर सोमबार पीडित परिवारलाई राहत वितरण गरिएको हो । तिलागुफा–६ का वडाध्यक्ष पर्वलाल शाहीमार्फत आगलागीबाट क्षति व्यहोरेका परिवारलाई सघाउन ‘जहाँ विपद्, त्यहाँ नेकपा’ भन्ने नाराका साथ राहत सामग्री हस्तान्तरण गरेको नेकपा प्रतिनिधि समिति सदस्य तथा काठमाडौं माहनगर ईन्चार डिआर सीले जानकारी दिए ।

रास्कोट–८ भात्तडी जिउलोमा खेती गरेर भित्र्याएको ३ बोरा धान, ५ बोरा चामल, काठमाडौंमा पार्टीले संचालन गरेको गार्मेन्टमा तयार पारिएका कपडासहित केही व्यवसायीबाट जुटाएको राहत सामग्री हस्तान्तरण गरेको उनको भनाई छ ।

पीडित परिवारका अगुवा मनराज शाहीले र वडा अद्क्ष प्रबलाल शाहीले  आपत परेका बेला सहयोग उपलब्ध गराएकामा धन्यवाद दिए । जुबिथामा आगलागीमा परेर ३ घर पूर्णरूपमा क्षति हुँदा २६ परिवार प्रभावित भएका छन् ।

 

 

Post navigation

थाले चीन भ्रमणको तयारी प्रधानमन्त्री केपी शर्मा ओलीले
संसदीय समितिबाट अनुमोदन सेवा लम्साललाई बेल्जियमको राजदूत बनाउने प्रस्ताव










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ १३ कार्तिक २०८१, मंगलवार ०७:५०
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो १३ कार्तिक २०८१, मंगलवार ०७:५०
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने १३ कार्तिक २०८१, मंगलवार ०७:५०
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै १३ कार्तिक २०८१, मंगलवार ०७:५०
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु १३ कार्तिक २०८१, मंगलवार ०७:५०

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297