वासिङ्टन डीसी – अमेरिकामा मंगलबार भएको राष्ट्रपति निर्वाचनको मतगणना जारी छ । प्रारम्भिक रुझानमा रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प अगाडि छन् ।
उता, वर्तमान उपराष्ट्रपति एवम् डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले मतान्तर कम गरेकी छिन् । ट्रम्प २२ राज्यमा विजयको बाटोमा छन् । यी राज्यबाट ट्रम्पले २१४ इलेक्टोरल कलेज भोट पाएका छन् ।
ह्यारिसले १७९ इलेक्टोरल कलेज भोट प्राप्त गर्न सफल भएकी छिन् । ट्रम्पले टेक्ससमा जित्दा ह्यारिसले क्यालिफोनिर्यामा जित हात पारेकी छिन् । राष्ट्रपति बन्न ५३८ इलेक्टोरल कलेज भोटमध्ये २७० मत जित्नु पर्छ ।