Skip to content
  • ५ बैशाख २०८३, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

पर्यटन मन्त्री पाण्डेले करोड घुस खाएको आरोप

२७ कार्तिक २०८१, मंगलवार २१:३६
जनवाणी संवाददाता

 

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले करोड रकम लिएर क्यासिनोको लाइसेन्स बाँडेको नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले आरोप लगाएका छन्  ।

प्रसिद्ध पर्यटन व्यवसायी समेत रहेका गोरखा १ बाट निर्वाचित सांसद बजगाईँले भैरहवास्थित रोयल टाइगर रिक्रियसन प्रालिलाई क्यासिनो सञ्चालन इजाजतपत्र दिँदा घुस खाएको आरोप लगाएका हुन् । बजगाईँले क्यासिनो सञ्चालन अनुमतिपत्र समेत सार्वजनिक गर्दै भनेका छन्- एक क्यासिनो सञ्चालकले हामीहरूलाई भैरहवाको क्यासिनो अनुमतिका लागि आफूले करोड करोड रकम दिएको पुष्टि गरे ।

मन्त्रीले कांग्रेस नेताको घरमा पैसा पठाउन निर्देशन गर्‍यो । उपरोक्त नेताले त्यो पैसा फिर्ता पठायो । मन्त्री भ्रष्ट क्यान कर्मचारी हटाउन चाहन्थेँ सभापति र उहाँको परिवारले दिएनन् भन्दै हिँड्छ । यो झुट हो किनभने सभापति ,गृह ,परराष्ट्रमन्त्री आफैँ क्यान छुट्याउने विषयमा प्रधानमन्त्रीलाई ब्रिफिङ गर्दै गर्दा १५ सांसद साक्षी छौं । पछिल्लो समय सांसद बजगाईँले पर्यटनमन्त्री असफल, असक्षम र नालायक भएको भन्दै हवाई टिकट कालोबजारीविरुद्ध माइतीघरमा प्रदर्शन समेत गरेका थिए ।

उनले क्यासिनो सञ्चालन अनुमति दिँदा घुस खाएको आरोप लगाएपछि यो विवाद थप बढ्ने देखिएको छ । पाण्डे मन्त्री भएपछि साउनमा क्यासिनोले अनुमति पाएको देखिन्छ ।क्यासिनो सञ्चालन अनुमतिपत्र लिँदा ४ करोडसम्म घुस लिने दिने प्रचलन छ ।

 

Post navigation

काठमाडौंबाट भैरहवा उडेको बुद्धको जहाज पोखरा ‘डाइभर्ट’
आत्मा आलोचनासहित जनताको घरघरमा जान नेता तथा कार्यकर्तालाई प्रचण्डको निर्देशन










 

 

 

 

ताजा खबर

  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो २७ कार्तिक २०८१, मंगलवार २१:३६
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने २७ कार्तिक २०८१, मंगलवार २१:३६
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै २७ कार्तिक २०८१, मंगलवार २१:३६
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु २७ कार्तिक २०८१, मंगलवार २१:३६
  • श्रीमतीसहित घरदैलोमा धनराज शाही, काठमाडौँ–१ मा चुनावी अभियान तीव्र २७ कार्तिक २०८१, मंगलवार २१:३६

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2026 janabani.com
Developed by: 9849815297