काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले ०८४ सालको चुनाब लड्न आफ्नो पार्टी तयार छौ तर सरकारले तीन बुँदे सहमति इमान्दारीतापूर्वक कार्यान्वयन गरे ।
नेकपा पुनर्गठन दिवसको अवसरमा काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्दै महासचिव विप्लवले तीन बुँदे सहमति सरकारले इमानदारीतापूर्वक कार्यान्वयन गरे आफूहरु २०८४ को चुनाब लड्न तयार रहेको बताउनु भएको हो । उहाँले तीन बुँदे सहमति कार्यान्वयनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह समेत गर्नु भयो ।
महासचिव विप्लवले भन्नु भयो ‘हामी यो ८४ मा सबै पार्टीसँग प्रतिस्पर्धा गर्न तयार भएका छौं, हामी लड्छौं । हामी ६ हजार ७४३ वडामा चुनाव लड्नेछौं । ७५३ पालिका र १६५ क्षेत्रमा निर्वाचन लड्नेछौं । एकीकृत जनक्रान्तिलाई २०८४ को निर्वाचनमा प्रयोग गर्न चाहेका छौं ।’
महासचिव विप्लवले तीन बुँदे सहमति कार्यान्वयन नगरेर नेकपालाई हेप्ने प्रयास भए आफ्नो पार्टीलाई मान्य नहुने चेतावनी दिनु भयो । उहाँले अहिले पनि आफ्ना एक दर्जन कार्यकर्ता जेलमा रहेको भन्दै उनीहरु कुनै भ्रष्टाचार गरेर जेल नभएको बताउनु भयो ।