Skip to content
  • १९ जेष्ठ २०८३, मंगलवार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

भेडा गोठमा राति आगलागी हुंदा ६० भेडा जलेर नस्ट

२५ माघ २०८१, शुक्रबार ०७:२१
जनवाणी संवाददाता

काठमाडौं – जिल्लाको तिलागुफा नगरपालिका–१० रानाबाडामा भीषण आगलागी हुँदा करिब ६० वटा भेडा जलेर नष्ट भएका छन्। काले रानाको भेडा गोठमा मिति २०८१ माघ २३ गते राति अचानक आगलागी भएको हो।

वडा-१० का वडाध्यक्ष मुन वहादुर थापा मुनालका अनुसार आगलागीबाट स्थानीय किसान ठूलो संकटमा परेका छन्। “कृषि तथा पशुपालनमा निर्भर स्थानीयको लागि यो ठूलो क्षति हो। पीडित परिवारलाई आवश्यक सहयोगका लागि पहल गरिनेछ,” वडाध्यक्ष मुनालले बताए।

तिलागुफा नगरपालिकाका उप–प्रमुख महेन्द्र बहादुर शाहीले घटनाप्रति दुःख व्यक्त गर्दै क्षतिको विवरण संकलन भइरहेको जानकारी दिए। “आगलागीको कारण पत्ता लगाउन र राहतको व्यवस्था गर्न नगरपालिकाले आवश्यक पहल गर्नेछ,” उप–प्रमुख शाहीले भने।

स्थानीयबासीका अनुसार रातको समयमा आगलागी फैलिँदा गोठमा रहेका भेडा बचाउन कुनै उपाय नहुँदा ठूलो क्षति भएको हो। घटनास्थलमा प्रहरी र स्थानीय जनप्रतिनिधि पुगेर क्षतिको विवरण संकलन गरिरहेका छन्। पीडित काले रानाले सम्पूर्ण जीविकोपार्जनको साधन गुमाएको भन्दै राहतको माग गरेका छन्

Post navigation

Previous Post
नेकपा माओवादी केन्द्रले गर्यो नेताहरुको कार्यबिभाजन










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ २५ माघ २०८१, शुक्रबार ०७:२१
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो २५ माघ २०८१, शुक्रबार ०७:२१
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने २५ माघ २०८१, शुक्रबार ०७:२१
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै २५ माघ २०८१, शुक्रबार ०७:२१
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु २५ माघ २०८१, शुक्रबार ०७:२१

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297