Skip to content
  • १३ कार्तिक २०८२, बिहीबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

भेडा गोठमा राति आगलागी हुंदा ६० भेडा जलेर नस्ट

२५ माघ २०८१, शुक्रबार ०७:२१
जनवाणी संवाददाता

काठमाडौं – जिल्लाको तिलागुफा नगरपालिका–१० रानाबाडामा भीषण आगलागी हुँदा करिब ६० वटा भेडा जलेर नष्ट भएका छन्। काले रानाको भेडा गोठमा मिति २०८१ माघ २३ गते राति अचानक आगलागी भएको हो।

वडा-१० का वडाध्यक्ष मुन वहादुर थापा मुनालका अनुसार आगलागीबाट स्थानीय किसान ठूलो संकटमा परेका छन्। “कृषि तथा पशुपालनमा निर्भर स्थानीयको लागि यो ठूलो क्षति हो। पीडित परिवारलाई आवश्यक सहयोगका लागि पहल गरिनेछ,” वडाध्यक्ष मुनालले बताए।

तिलागुफा नगरपालिकाका उप–प्रमुख महेन्द्र बहादुर शाहीले घटनाप्रति दुःख व्यक्त गर्दै क्षतिको विवरण संकलन भइरहेको जानकारी दिए। “आगलागीको कारण पत्ता लगाउन र राहतको व्यवस्था गर्न नगरपालिकाले आवश्यक पहल गर्नेछ,” उप–प्रमुख शाहीले भने।

स्थानीयबासीका अनुसार रातको समयमा आगलागी फैलिँदा गोठमा रहेका भेडा बचाउन कुनै उपाय नहुँदा ठूलो क्षति भएको हो। घटनास्थलमा प्रहरी र स्थानीय जनप्रतिनिधि पुगेर क्षतिको विवरण संकलन गरिरहेका छन्। पीडित काले रानाले सम्पूर्ण जीविकोपार्जनको साधन गुमाएको भन्दै राहतको माग गरेका छन्

Post navigation

Previous Post
नेकपा माओवादी केन्द्रले गर्यो नेताहरुको कार्यबिभाजन

ताजा खबर

  • उच्च हिमाली क्षेत्रमा कात्तिक १५ गतेसम्म यात्रा नगर्न सङ्खुवासभा प्रशासनको आग्रह २५ माघ २०८१, शुक्रबार ०७:२१
  • वैकल्पिक शक्तिबीच शृंखलाबद्ध संवाद एउटै पार्टी बनाउने, नभए सहकार्य २५ माघ २०८१, शुक्रबार ०७:२१
  • इजरायल-हमास : शान्ति सम्झौताको मियो बने ट्रम्प २५ माघ २०८१, शुक्रबार ०७:२१
  • मणिपालदेखि गण्डकी मेडिकलसम्म नर्सहरूको आन्दोलन, स्वास्थ्य सेवा प्रभावित २५ माघ २०८१, शुक्रबार ०७:२१
  • सर्वोच्च अदालतमा मंगलबारदेखि रिट दर्ता खुल्ने २५ माघ २०८१, शुक्रबार ०७:२१

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2025 janabani.com
Developed by: 9849815297