Skip to content
  • १३ असार २०८३, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

नेकपाद्वारा चितवनमा धान रोपाइँ

१५ असार २०८२, आईतवार १७:२८
जनवाणी संवाददाता

 

काठमाडौँ  – नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् पार्टी प्रबक्ता  प्रकाण्ड सीले देशको स्वाधीनता र नेपाली जनताको स्वाभिमानका लागि आत्मनिर्भर अर्थतन्त्र अनिबार्य भएको बताएका छन्।

रास्ट्रीय धान दिवसको अवसरमा भरतपुर महानगरपालिका वडा न १६ चितवनको ज्योति नगरमा आइतबार आयोजित धान रोपाईको उद्घाटन गर्दै प्रवक्ता प्रकाण्ड सीले पार्टीको एकीकृत स्वामित्वको सिद्धान्त अन्तर्गत पार्टीको केन्द्रिय नीतिको प्रयोग गर्ने क्रममा बनाइएको योजनामा धान रोपाई सुरु गरिएको बताए।

धान रोपाई कार्यक्रमको उद्घाटन गर्दै प्रवक्ता प्रकाण्ड सीले आत्मनिर्भर अर्थतन्त्रबिना देश स्वाधीन र जनता स्वाभिमानी हुनै नसक्ने ठोकुवा गरे। उनले आत्मनिर्भरताबिना समृद्धि  असम्भव भएको बताउदै कृषि प्रधान देशलाई टाट उल्ट्याउने साम्राज्यवादी षड्यन्त्र र दलाल पुँजीवादी हर्कतका बिरुद्धको प्रभावशाली मोर्चा भनेको उत्पादनको मोर्चा भएको बताउदै यसले आम पार्टी पङ्क्तिको आत्मविश्वास अभिवृद्धि गरेको र संघर्षशील क्षमताको बिकास गरेको बताए।

सिंगो पार्टी श्रममा सहभागी हुँदा राष्ट्रिय राजनीतिमा पार्टीको छबि र मनोबल उच्च भएको ठोकुवा गर्दै उहाँले साम्राज्यवाद र दलाल पुँजीवादलाई रक्षात्मक बनाउने मोर्चाको रुपमा उत्पादन अभियान स्थापित भएको बताउनु भयो।

उहाँले उत्पादन अभियानले नेपालको राजनीतिक आन्दोलनका इमान्दार नेताकार्यकर्ता र नेपाली जनतालाई प्रभावित , आकर्षित र उद्देलित बनाएको बताउदै यसको नेतृत्व दृढता, प्रभावकारीता र इच्छा शक्तिका साथ गर्न सिंगो पार्टी पक्तिलाई अपिल गर्नुभयो ।

Post navigation

पक्राउ परे लगत्तै सुटुक्क अस्पताल भर्ना भय काठमाडौं भ्यू टावरका ठेकेदार भेटवाल
९ महिनापछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ १५ असार २०८२, आईतवार १७:२८
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो १५ असार २०८२, आईतवार १७:२८
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने १५ असार २०८२, आईतवार १७:२८
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै १५ असार २०८२, आईतवार १७:२८
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु १५ असार २०८२, आईतवार १७:२८

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297