Skip to content
  • १ माघ २०८२, बिहीबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

शाहीको पक्षमा फैसला कनिष्ठलाई शाखा प्रमुख बनाउने काइकेको निर्णय बदर

३ श्रावण २०८२, शनिबार १५:२०
जनवाणी संवाददाता
 

 

काठमाडौं  – वरिष्ठ कर्मचारी हुँदाहुँदै कनिष्ठलाई स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारी दिएको मुद्दामा उच्च अदालत सुर्खेतको जुम्ला इजलासले डोल्पाको काइके गाउँपालिकाविरुद्ध फैसला जारी गरेको छ 

सो मुद्दामा अदालतले गत वैशाख २२ गते १५ दिनभित्र फैसला कार्यान्वयन गर्न परमादेश जारी गरेको थियो । उक्त परमादेश गाउँपालिकाले कार्यान्वयन नगरेपछि रिट निवेदनकर्ता पुष्पा शाहीले पुनः अदालतको अवहेलना मुद्दा दायर गरेकी थिइन् । सो मुद्दामा सुनुवाइ गर्दै जुम्ला इजलासले गाउँपालिकाविरुद्ध १८ असारमा फैसला गरेर पूर्ण पाठ आइसकेको छ ।

पूर्ण पाठमा जनस्वास्थ्य निरीक्षक पुष्पा शाही वरिष्ठ कर्मचारी हुँदाहुँदै कनिष्ठ कर्मचारी हरिबहादुर रोकायलाई स्वास्थ्य शाखा प्रमुख बनाइएकामा १५ दिनभित्र बदर गरी सात दिनभित्र जानकारी गराउन न्यायाधीश श्यामजी प्रधान र कैलाश गुरुङको संयुक्त इजलासले गाउँपालिकाका नाममा फैसला गरिएको छ । अदालतका सूचना अधिकारी टंकप्रसाद खत्रीका अनुसार निवेदनकर्ता शाहीलाई जिम्मेवारी दिन अदालतले फैसला गरिसकेकाले गाउँपालिका लगायतका निकायलाई फैसला पठाइने बताए ।

अदालतको पूर्ण पाठमा अहिले जिम्मेवारी सम्हालिरहेका स्वास्थ्य शाखा प्रमुख रोकायलाई गाउँपालिकाले जिम्मेवारी दिनु कानुनसम्मत नभएको समेत ठहर गरेको छ 

शाही २०७६ फागुन ८ देखि काइके गाउँपालिकामा कार्यरत छिन् । आफू गाउँपालिकामा आएदेखि नै जिम्मेवारी दिन भने पनि सुनुवाइ नभएको उनले गुनासो गरिन् । ‘त्यतिबेलादेखि नै म सिनियर थिएँ, मैले जिम्मेवारी पाउनुपर्छ भनेर लिखित र मौखिक निवेदन पनि दिएको हुँ, तर मभन्दा कनिष्ठलाई जिम्मेवारी थमाइयो,’ उनले भनिन् । पालिकाका जिम्मेवार कर्मचारी र जनप्रतिनिधिले जुनसुकै निकायमा पुगे पनि जिम्मेवारी नदिने बताएपछि न्यायको खोजीमा आफू अदालत पुगेको उनको भनाइ छ ।

शाहीले काइँके गाउँपालिका, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सम्झना पराजुली र स्वास्थ्य शाखा प्रमुख हरिबहादुर रोकायलाई विपक्षी बनाएर मुद्दा दायर गरेकी थिइन् ।

फैसलाको पूर्ण पाठमा स्वास्थ्य सेवा नियमावली २०५५ को नियम ७ को अनुसूची ३ बमोजिम वरिष्ठ कर्मचारीले नै जिम्मेवारी पाउनुपर्ने कानुनी व्यवस्था भएको उल्लेख गरिएको छ ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भोजराज जोशीले उच्च अदालत जुम्लाको परमादेश दोहोर्‍याइपाऊँ भनेर सर्वोच्चमा गाउँपालिकाले रिट दायर गरेको बताए । सर्वोच्चको फैसलाका आधारमा मात्र उच्चको आदेश कार्यान्वयन गर्ने वा नगर्ने कुरा थाहा हुने उनको भनाइ छ।

Post navigation

काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत परियारलाई २५ हजार धरौटीमा छाड्न आदेश
चीनले भोलिदेखि बनाउन सुरु गर्ने रसुवागढी नाका खुलाउन बेलिब्रिज










 

 

 

 

ताजा खबर

  • तिलागुफा छ जुबिथामा सहिद परिवार र वृद्धवृद्धालाई न्यानो कपडा बितरण ३ श्रावण २०८२, शनिबार १५:२०
  • फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फको शाही काठमाडौं १ बाट सिफारिस ३ श्रावण २०८२, शनिबार १५:२०
  • अमेरिकाले भेनेजुएलामा गरेको आक्रमणमा ४० जनाको मृत्यु’ ३ श्रावण २०८२, शनिबार १५:२०
  • यथास्थितिमा सीमित रहने सोच र परिवर्तनको चाहनाबिचको सङ्घर्ष अझै जारी छ : प्रचण्ड ३ श्रावण २०८२, शनिबार १५:२०
  • सम्मान र स्वाभिमान नमेटाइकन सबैसँग सहकार्य गर्न तयार छौं : कुलमान ३ श्रावण २०८२, शनिबार १५:२०

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2026 janabani.com
Developed by: 9849815297