काठमाडौं – आज नेपालका अधिकांश भूभागमा मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विशेषगरी, कोशी र बागमती प्रदेशका पहाडी भूभागका केही स्थानमा भने भारी वर्षाको सम्भावना छ।
हाल, मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकाले नेपालमा मनसुन केही कमजोर देखिएको छ। तैपनि, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा निरन्तर भित्रिरहेको छ, जसले गर्दा वर्षाको सम्भावना कायमै छ।