Skip to content
  • ५ बैशाख २०८३, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

समाजवादी मोर्चा बिगठन अलग भए विप्लव

२६ कार्तिक २०८२, बुधबार ०८:३५
जनवाणी संवाददाता
 

काठमाडौँ  – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समाजवादी मोर्चाबाट अलग भएको छ । महासचिव विप्लवले आज एक विज्ञप्ति जारी गर्दै मोर्चाबाट अलग भएको जानकारी गराएका हुन् । 

उनले भनेका छन्– ‘२०८० सालमा नेपालका चार पार्टी सहभागी समाजवादी मोर्चा निर्माण गरेका थियौँ । राष्ट्रिय स्वाधीनता, राज्यको अग्रगामी रूपान्तरण र जनजीविकाको पक्षमा साथै भ्रष्टाचारका विरुद्ध सङ्घर्षको पहल गर्ने उद्देश्यका साथ गठन गरेको मोर्चाले केही महत्त्वपूर्ण कार्यक्रमहरू पनि गर्‍यो । तर जुन रफ्तारमा कामहरू बढाउनु पर्ने थियो त्यो सम्भव बनेन ।’

विप्लवले थप भनेका छन्– ‘जेनजी विद्रोहपछि नेपालको राजनीतिक परिवेश र धारणाहरूमै व्यापक फेरबदल भएका छन् । सबै राजनीतिक पार्टीहरू नयाँ खालका एकता र मोर्चाबन्दमा सहभागी बन्दै छन् । व्यापक स्तरमा नयाँ बहसहरु आवश्यक बनेका छन् र बढी पनि सकेका छन् । समाजवादी मोर्चामा आबद्ध तीन पार्टीहरूले एकता गरेर नेपाली कम्युनिस्ट पार्टी बनाइ सकेका छन् । यस्तो स्थितिमा आजकै स्वरूपमा समाजवादी मोर्चाको औचित्य समाप्त भएको नेकपाको निष्कर्ष छ । सोही निष्कर्षका आधारमा हाम्रो जनप्रिय पार्टी नेकपा समाजवादी मोर्चाबाट अलग भएको जानकारी गराउँदछौ । ‘

582061790_1264890525663754_5604731095331825831_n

Post navigation

महावै गाउँपालिका द्वारा आयोजित चौथो अध्यक्ष कपमा उदयमान खेलाडी घोषीत भएर सम्मानित हुने (तिलागुफा नगरपालिका) मुगा कठायतलाई हार्दिक बधाई थप सफलताको शुभकामना !🌺🌺🌺
उद्घाटनमा जनकपुर र काठमाडौं भिड्ने एनपीएलको दोस्रो संस्करण आजदेखि सुरु हुँदै










 

 

 

 

ताजा खबर

  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो २६ कार्तिक २०८२, बुधबार ०८:३५
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने २६ कार्तिक २०८२, बुधबार ०८:३५
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै २६ कार्तिक २०८२, बुधबार ०८:३५
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु २६ कार्तिक २०८२, बुधबार ०८:३५
  • श्रीमतीसहित घरदैलोमा धनराज शाही, काठमाडौँ–१ मा चुनावी अभियान तीव्र २६ कार्तिक २०८२, बुधबार ०८:३५

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2026 janabani.com
Developed by: 9849815297