Skip to content
  • १२ मंसिर २०८२, शुक्रबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

चुनाव चिह्न गुलाब विप्लव नेतृत्वको दलले पायो प्रमाणपत्र

२ मंसिर २०८२, मंगलवार १५:४१
जनवाणी संवाददाता
 

निर्वाचन आयोगले सोमबार नेकपा माओवादीलाई दल दर्ताको प्रमाणपत्र दिएको हो । पार्टीको चुनाव चिह्न भने गुलाब रहेको छ ।

२ मंसिर, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले दल दर्ताको प्रमाणपत्र पाएको छ ।

निर्वाचन आयोगले सोमबार नेकपा माओवादीलाई दल दर्ताको प्रमाणपत्र दिएको हो । पार्टीको चुनाव चिह्न भने गुलाब रहेको छ ।

दल दर्ताको प्रमाणपत्र पाएपछि पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिंदै विप्लवले नेपाल कम्युनिस्ट पार्टी माओवादी नयाँ अठोट, नयाँ विश्वास र नयाँ अभियानका साथ निर्वाचनमा जाने गरी दल दर्ता गराएको बताए ।

उनले भने, ‘दल दर्तासँगै नयाँ अभियान सुरु भयो । भोलिबाट हामी देशभरि नयाँ अभियानमा अघि बढ्ने छौं । पार्टी पंक्ति, नेपाली श्रमिक जनतालाई विशेष अपिल गर्न चाहन्छौं ।’

जनतानै इतिहासको निर्माता भएको भन्दै उनले भने, ‘आज पनि जनतामा भोलि पनि जनतामा । जनताले जुनबाटोबाट परिवर्तन सम्भव देख्छन् हामी तयार छौं ।’

चुनाव हुन्छ त भन्ने पत्रकारहरूको जिज्ञासमा उनले भने, ‘चुनाव एक दिन त हुन्छ नै । समाजवाद आए पनि चुनाव हुन्छ नै ।’

राष्ट्रिय सर्वपक्षीय अन्तरिम सरकार बन्यो भने सबै दलहरूलाई चुनावमा लिएर जान र नयाँ व्यवस्था निर्माण गर्न सकिन्छ निष्कर्ष आफ्नो दलको रहेको उनले सुनाए ।

 

 
 

Post navigation

भाेलि निर्वाचन आयाेग जाँदै विप्लव
सरकार, जेनजी र दललाई संयमित हुन नागरिक समूहको आग्रह

ताजा खबर

  • आईपीओ अनुमतिमा ढिलाइ, ८२ कम्पनीको पौने ५५ अर्बको सेयर प्रक्रियामा २ मंसिर २०८२, मंगलवार १५:४१
  • निर्वाचनका लागि दल दर्ता गराउने समय आजसम्म मात्र २ मंसिर २०८२, मंगलवार १५:४१
  • प्रहरीले हटायो सिहदरबार छिर्न खोजेका जेनजीलाई २ मंसिर २०८२, मंगलवार १५:४१
  • जेनजी आन्दोलन कास्कीमा आगजनी र लुटपाटमा संलग्न ५६ जना पक्राउ, धमाधम कारागार चलान २ मंसिर २०८२, मंगलवार १५:४१
  • जाँचबुझ आयोगको अधिकांश काम सकियो, उच्च पदस्थसँग बयान अझै बाँकी २ मंसिर २०८२, मंगलवार १५:४१

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2025 janabani.com
Developed by: 9849815297