Skip to content
  • २८ असार २०८२, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

विप्लवले बोलाए नयाँ रणनीति तयार गर्न समाजवादी मोर्चाको बैठ

३१ असार २०८१, सोमबार २२:२८
जनवाणी संवाददाता
 
 

काठमाडौँ – समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द विप्लवले मङ्गलवार बैठक बोलाएका छन् । पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा तथा भावी रणनीति तय गर्न मोर्चाको बैठक बोलाइएको विप्लवका स्वकीय सचिव असल क्षेत्रीले जानकारी दिए।

मङ्गलवार दिउँसो ४ बजे एकीकृत समाजवादीको कार्यालय आलोक नगरमा बैठक बस्ने क्षेत्रीले बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सत्ताबाट बाहिरिएपछि पहिलोपटक मोर्चाको बैठक बस्न लागेको हो ।  मोर्चामा ल्याउन विप्लवले जसपा नेपाल, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेकपा मसाल लगायत दलहरूसँग परामर्श गरेको उनले जानकारी दिए ।

‘पछिल्लो राजनीतिक घटनाक्रम र भावी रणनीति तय गर्न मोर्चाको बैठक बोलाइएको हो । उहाँ (विप्लव) ले माओवादी, एकीकृत समाजवादी, जसपा नेपाल लगायत दलहरूसँग परामर्श भइरहेको छ । बैठकले सडक सङ्घर्षका कार्यक्रम ल्याउनेबारे एउटा निष्कर्षमा पुग्ला’, क्षेत्रीले भने ।

असार १७ गते राति दुई ठुला दल कांग्रेस र एमाले मिलेर नयाँ समीकरण बनाएपछि अल्पमतमा परेका प्रचण्डकै आग्रहमा प्रधानमन्त्री निवास बालुवाटारमा असार २६ गते मोर्चाको बैठक बसेको थियो । त्यस बैठकमा संविधान संशोधनमार्फत प्राप्त उपलब्धि समाप्त पार्ने षड्यन्त्र भइरहेको निष्कर्ष निकाल्दै वामपन्थी एकतादेखि ध्रुवीकरण गरी सदन र सडक सङ्घर्षमा जाने सहमति गरेको थियो । एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा कांग्रेस, जसपा र लोसपा सहभागी भएको दुई तिहाइको सरकार गठन भइसकेको छ ।

गत वर्ष असार ४ गते माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेकपा गरी चार दल मिलेर मोर्चा गठन गरेका थिए । मोर्चामा सहभागी दल जनता समाजवादी दल विभाजन भएपछि दुवै दल अहिले मोर्चाबाट बाहिरिएका

Post navigation

पूर्व राष्ट्रपति ट्रम्पमाथिको आक्रमणबारे बोले बाइडेनले राष्ट्रका नाममा सम्बोधन
नयाँ सत्तासमिकणले दलित समुदायमा त्रसित

ताजा खबर

  • काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत परियारलाई २५ हजार धरौटीमा छाड्न आदेश ३१ असार २०८१, सोमबार २२:२८
  • संयुक्त बिरोध प्रदर्शन प्यालेस्टाइनमाथी साम्राज्यवादी आक्रमणविरुद्ध हुँदै ३१ असार २०८१, सोमबार २२:२८
  • मधेश एक दिन नेपालबाट अलग हुनेछजसपा नेता यादवको आपत्तीजनक अभिव्यक्ति ३१ असार २०८१, सोमबार २२:२८
  • नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ। ३१ असार २०८१, सोमबार २२:२८
  • ९ महिनापछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै ३१ असार २०८१, सोमबार २२:२८

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2025 janabani.com
Developed by: 9849815297