Skip to content
  • १९ जेष्ठ २०८३, मंगलवार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

विप्लवले बोलाए नयाँ रणनीति तयार गर्न समाजवादी मोर्चाको बैठ

३१ असार २०८१, सोमबार २२:२८
जनवाणी संवाददाता
 
 

काठमाडौँ – समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द विप्लवले मङ्गलवार बैठक बोलाएका छन् । पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा तथा भावी रणनीति तय गर्न मोर्चाको बैठक बोलाइएको विप्लवका स्वकीय सचिव असल क्षेत्रीले जानकारी दिए।

मङ्गलवार दिउँसो ४ बजे एकीकृत समाजवादीको कार्यालय आलोक नगरमा बैठक बस्ने क्षेत्रीले बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सत्ताबाट बाहिरिएपछि पहिलोपटक मोर्चाको बैठक बस्न लागेको हो ।  मोर्चामा ल्याउन विप्लवले जसपा नेपाल, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेकपा मसाल लगायत दलहरूसँग परामर्श गरेको उनले जानकारी दिए ।

‘पछिल्लो राजनीतिक घटनाक्रम र भावी रणनीति तय गर्न मोर्चाको बैठक बोलाइएको हो । उहाँ (विप्लव) ले माओवादी, एकीकृत समाजवादी, जसपा नेपाल लगायत दलहरूसँग परामर्श भइरहेको छ । बैठकले सडक सङ्घर्षका कार्यक्रम ल्याउनेबारे एउटा निष्कर्षमा पुग्ला’, क्षेत्रीले भने ।

असार १७ गते राति दुई ठुला दल कांग्रेस र एमाले मिलेर नयाँ समीकरण बनाएपछि अल्पमतमा परेका प्रचण्डकै आग्रहमा प्रधानमन्त्री निवास बालुवाटारमा असार २६ गते मोर्चाको बैठक बसेको थियो । त्यस बैठकमा संविधान संशोधनमार्फत प्राप्त उपलब्धि समाप्त पार्ने षड्यन्त्र भइरहेको निष्कर्ष निकाल्दै वामपन्थी एकतादेखि ध्रुवीकरण गरी सदन र सडक सङ्घर्षमा जाने सहमति गरेको थियो । एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा कांग्रेस, जसपा र लोसपा सहभागी भएको दुई तिहाइको सरकार गठन भइसकेको छ ।

गत वर्ष असार ४ गते माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेकपा गरी चार दल मिलेर मोर्चा गठन गरेका थिए । मोर्चामा सहभागी दल जनता समाजवादी दल विभाजन भएपछि दुवै दल अहिले मोर्चाबाट बाहिरिएका

Post navigation

पूर्व राष्ट्रपति ट्रम्पमाथिको आक्रमणबारे बोले बाइडेनले राष्ट्रका नाममा सम्बोधन
नयाँ सत्तासमिकणले दलित समुदायमा त्रसित










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ ३१ असार २०८१, सोमबार २२:२८
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो ३१ असार २०८१, सोमबार २२:२८
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने ३१ असार २०८१, सोमबार २२:२८
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै ३१ असार २०८१, सोमबार २२:२८
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु ३१ असार २०८१, सोमबार २२:२८

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297