Skip to content
  • १३ कार्तिक २०८२, बिहीबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

पूर्व राष्ट्रपति ट्रम्पमाथिको आक्रमणबारे बोले बाइडेनले राष्ट्रका नाममा सम्बोधन

३१ असार २०८१, सोमबार ०८:२९
जनवाणी संवाददाता

 

सोमबार, ३१ असार २०

 काठमाडौं – पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएको घातक हमलाको अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रका नाममा गरेको सम्बोधनमा    निन्दा गरेका छन् । उनले यस आक्रमणमा मारिएकाहरुको परिवारप्रति समवेदना व्यक्त गरेका हुन् ।

बाइडेनले अमेरिकी समाजमा हुने हिंसाको बारेमा भने, ‘हामी यो बाटोमा जान सक्दैनौँ। यसमा हामी जानु पनि हुँदैन । हामीले हाम्रो इतिहासमा धेरै हिंसा सहेका छौँ।’

ओभल अफिसबाट दश मिनेटभन्दा कमको सम्बोधनमा उनले राष्ट्रिय एकतामा जोड दिँदै अमेरिकामा चर्को राजनीतिक बयानबाजीको यो समयमा ‘शान्त’ बस्ने समय आएको बताए । यद्यपि, बाइडेनले केही रिपब्लिकन नेताहरूमाथि लगाइएको आरोपबारे केही भनेनन्। धेरै रिपब्लिकन नेताहरूले बाइडेनले ट्रम्पको विरुद्ध विभाजनकारी भाषणलाई बढवा दिएको आरोप लगाएका छन्।

पेन्सिल्भेनियाको एक र्‍यालीमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएको घातक हमलापछि बाइडेनले आइतबार राष्ट्रका नाममा सम्बोधन गरेका थिए। एक बन्दुकधारीले ट्रम्पमाथि गोली प्रहार गरेका थिए । यस आक्रमणमा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

Post navigation

त्रिविमा स्ववियु निर्वाचन आगामी फागुन १५ गते हुनेे
विप्लवले बोलाए नयाँ रणनीति तयार गर्न समाजवादी मोर्चाको बैठ

ताजा खबर

  • वैकल्पिक शक्तिबीच शृंखलाबद्ध संवाद एउटै पार्टी बनाउने, नभए सहकार्य ३१ असार २०८१, सोमबार ०८:२९
  • इजरायल-हमास : शान्ति सम्झौताको मियो बने ट्रम्प ३१ असार २०८१, सोमबार ०८:२९
  • मणिपालदेखि गण्डकी मेडिकलसम्म नर्सहरूको आन्दोलन, स्वास्थ्य सेवा प्रभावित ३१ असार २०८१, सोमबार ०८:२९
  • सर्वोच्च अदालतमा मंगलबारदेखि रिट दर्ता खुल्ने ३१ असार २०८१, सोमबार ०८:२९
  • नेकपा केन्द्रीय समितिको आकस्मिक बैठक आज बस्दै ३१ असार २०८१, सोमबार ०८:२९

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2025 janabani.com
Developed by: 9849815297