Skip to content
  • २८ असार २०८२, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

एक घण्टा लामो ‘अन्तरङ्ग’ कुराकानी पार्टी एकताबारे विप्लव र जनार्दनबिच

२९ आश्विन २०८१, मंगलवार २१:२१
जनवाणी संवाददाता
 

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’र नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर बिच केन्द्रीय समितिको बैठक बस्नुअघि अन्तरङ्ग कुराकानी भएको छ । मंगलबार नेकपाको कपिलवस्तुस्थित शिवगढीमा रहेको केन्द्रीय कार्यालयमा दुई शीर्ष नेताबिच एक घण्टा लामो कुराकानी भएको हो ।

 आजको छलफलमा पार्टी एकता र समग्र कम्युनिस्ट आन्दोलनलाई नयाँ शिराबाट लैजाने विषयमा सकारात्मक कुराकानी भएको महासचिव विप्लवले रातोपाटीसँग बताए । तर माओवादीले संस्थागत निर्णय नगरी अहिले नै एकता भइहाल्छ भन्ने अवस्था छ भनेर बुझ्न नहुने उनको तर्क छ । काम विशेषले कपिलवस्तु गएका बेला विप्लवलाई भेट्न शर्मा शिवगढी पुगेका थिए

‘प्रभाकरजी काम विशेषले यहाँ आउनुभएको थियो । भेटघाट गरौँ भन्ने कुरा भयो, भेट्यौँ । कुराकानी राम्रो भएको छ । पहिलो कुरा देशमा जुन जटिल खालको राजनीतिक परिस्थिति बनेको छ । त्यसबारे थोरै समीक्षा भयो । उहाँले बुझेको र हामीले बुझेको कुरा आपसमा छलफल गर्‍यौँ । दोस्रो कम्युनिस्ट आन्दोलनलाई कसरी एकताबद्ध भएर अगाडी लैजाने भन्ने विषयमा छलफल भयो । तेस्रो माओवादीबिच एकता र मोर्चाको बारेमा छलफल भयो । पार्टी एकतालाई सकारात्मक ढङ्गले लैजाऔँ भन्ने कुरा भयो । चौथो आन्तरिक बैठक बस्दैछ । त्यसमा सबैले सकारात्मक ढङ्गले पहल गरौँ । एकता र मोर्चालाई एकताबद्ध बनाएर लैजाने विषयमा छलफल भयो । छलफल राम्रो भयो,’ छलफलबारे विप्लवले भने ।

माओवादीभित्रको वैचारिक सङ्घर्षका विषय उनीहरूको आन्तरिक विषय भएकाले सकारात्मक ढङ्गले अगाडि बढोस् भन्ने आफूले शुभेच्छा व्यक्त गरेको उनले जानकारी दिए । 

‘माओवादीभित्र पछिल्लो समय जुन वैचारिक र सैद्धान्तिक बहस भइरहेको छ । त्यो उहाँहरूको आन्तरिक विषय हुन् । बहस सकारात्मक ढङ्गले अगाडि बढोस् भनेर मैले शुभेच्छा व्यक्त गरेको छु । अध्यक्ष प्रचण्डसँग कुराकानी हुँदा पनि भएको थियो । हामीबिच जति कुरा भएका छन्, ती सकारात्मक भएका छन् । हरेक पार्टीमा वैचारिक र सैद्धान्तिक बहस हुन्छ । यसलाई सकारात्मक रूपमा हल गर्नुपर्छ’, उनले भने, ‘आज पनि यस विषयमा छलफल भयो । उहाँ पनि गम्भीर हुनुहुन्छ । जुन छलफल चलिरहेको छ, त्यो व्यक्तिगत स्वार्थ नभई सिङ्गो माओवादी आन्दोलनलाई अगाडि बढाउने विषयमा भएको हो । प्रभाकरले उठाउनुभएको विषय पनि आन्दोलनकै विषय हुन् । यी सबै छलफललाई सकारात्मक ढङ्गले अगाडि बढाउँदा एकता र मोर्चाबन्दीलाई सहयोग पुर्‍याउँछ । सँगसँगै नेपालको सिङ्गो कम्युनिस्ट आन्दोलनलाई नयाँ र खुला तरिकाले अगाडि बढाऊँ भन्ने कुराकानी भए ।’

पार्टी एकता, माओवादी आन्दोलनलाई अगाडि बढाउने विषयमा शर्मा पनि गम्भीर रहेको आफूले पाएको उनले बताए । ‘विभिन्न विकल्प छन्, ती विकल्पबारे छलफल गरौँ भन्ने कुरा भएको छ । मिलेर कसरी अगाडि बढ्ने ? एकताका आधार कसरी निर्माण गर्ने ? माओवादी आन्दोलनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा उहाँका कुरा सकारात्मक पाएको छु’, उनले भने, ‘प्रभाकरसँगको कुराकानी त सकारात्मक नै भयो । हामी सहयोद्धा, सहपाठी भएकाले अन्तरङ्ग कुराकानी हुनु स्वाभाविक हो । तर एकताका लागि पहिला त माओवादीले संस्थागत निर्णय गर्नुपर्‍यो नि । माओवादीले अहिलेसम्म निर्णय नै छैन । ठ्याक्कै भोलि वा पर्सी नै भइहाल्छ भन्ने कुरा सही होइन । सायद छिट्टै माओवादी नेतृत्वसँग पनि छलफल हुन्छ ।’

माओवादीले कात्तिकको दोस्रो साता केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेको छ । बैठक अगाडि सबै प्रदेशमा परामर्श समिति बैठक बसको थियो । सबै प्रदेशमा भएको परामर्शका आधारमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दस्ताबेज लेख्दै छन् । केन्द्रीय समिति बैठकले विप्लवका पार्टी लगायत अन्य माओवादी घटकसँग एकताबारे औपचारिक निर्णय लिने माओवादी नेताहरूले दाबी गरेका छन् ।  

Post navigation

युरोपेली संघद्वारा निन्दा लेबनानमा शान्ति सैनिकमाथिको इजरायली आक्रमण
डडेल्धुरामा दुर्घटना हुँदा ४ जनाको मृत्यु, १२ घाइते

ताजा खबर

  • काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत परियारलाई २५ हजार धरौटीमा छाड्न आदेश २९ आश्विन २०८१, मंगलवार २१:२१
  • संयुक्त बिरोध प्रदर्शन प्यालेस्टाइनमाथी साम्राज्यवादी आक्रमणविरुद्ध हुँदै २९ आश्विन २०८१, मंगलवार २१:२१
  • मधेश एक दिन नेपालबाट अलग हुनेछजसपा नेता यादवको आपत्तीजनक अभिव्यक्ति २९ आश्विन २०८१, मंगलवार २१:२१
  • नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ। २९ आश्विन २०८१, मंगलवार २१:२१
  • ९ महिनापछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै २९ आश्विन २०८१, मंगलवार २१:२१

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2025 janabani.com
Developed by: 9849815297