Skip to content
  • ५ बैशाख २०८३, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

प्रसाईंको आक्रामक अभियान बालेनलाई राजीनामा, राजतन्त्र पुनर्स्थापनाको दाबी

२३ फाल्गुन २०८१, शुक्रबार १९:५१
जनवाणी संवाददाता

 
काठमाडौं –  मेडिकल व्यवसायी तथा राष्ट्र बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई राजीनामा दिएर आफ्नो अभियानमा सहभागी हुन आग्रह गरेका छन्। आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले “बालेन भाइ, राजीनामा दिएर हाम्रा अभियानमा आउन आग्रह गर्छु” भन्दै खुला रूपमा आव्हान गरे।
उनले पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थन गर्दै नेपाललाई पुनः हिन्दूराष्ट्र बनाउनका लागि शक्ति प्रदर्शन गर्नुपर्ने दाबी गरे। प्रसाईंले वर्तमान राजनीतिक दलहरूलाई उपेक्षा गर्दै “अब कांग्रेस र एमाले बिर्सिनुपर्ने” भन्दै राजसंस्थाको पक्षमा खुलेर उत्रिने संकेत दिए। उनले “यो समय राजा र दुर्गा प्रसाईंको हो” भन्दै आफूलाई राजसंस्थाको पुनर्स्थापनासँग जोड्न खोजे।
उनले अमेरिकामा डोनाल्ड ट्रम्प पुनः राष्ट्रपतिमा विजयी भएपछि नेपालमा हिन्दूराष्ट्र फर्कने भविष्यवाणी गरेको भन्दै अब त्यो समय नजिकिएको बताए। उनले पूर्वराजा ज्ञानेन्द्र शाहले रक्तपातविहीन रूपमा राजदरबार छोडेको स्मरण गर्दै अब वर्तमान नेताहरूले पनि सिंहदरबार र बालुवाटार छोड्नुपर्ने चेतावनी दिए।
उनले “फागुन २५ गते कास्टिङ मात्र हो” भन्दै अब राजा फर्काउने अन्तिम तयारी सुरु भइसकेको संकेत गरे। प्रसाईंले आफू र राजा मिलेर एकचोटी आव्हान गरेपछि नेपालमा स्वतः राजसंस्था फर्कने दाबी गरे।
दुर्गा प्रसाईंको आक्रामक अभिव्यक्तिले नेपाली राजनीतिक वृत्तमा तरंग ल्याएको छ। राजसंस्था पुनःस्थापनाका लागि खुलेर लागिरहेका प्रसाईंको यो घोषणा पछिल्लो समय राजावादीहरूको बढ्दो सक्रियतासँग मेल खान्छ। अब सत्तारूढ दल र गणतन्त्र पक्षधर नेताहरूबाट कस्तो प्रतिक्रिया आउँछ? प्रसाईंको यो दाबी कत्तिको यथार्थपरक हो? यो प्रश्नले अहिले नेपाली राजनीतिक माहोललाई तताएको छ।

Post navigation

चन्द्रागिरिमा भीषण आगलागी, नियन्त्रण प्रयास जारी
महिला अधिकार र समानताका लागि ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस देशभर मनाइँदै










 

 

 

 

ताजा खबर

  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो २३ फाल्गुन २०८१, शुक्रबार १९:५१
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने २३ फाल्गुन २०८१, शुक्रबार १९:५१
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै २३ फाल्गुन २०८१, शुक्रबार १९:५१
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु २३ फाल्गुन २०८१, शुक्रबार १९:५१
  • श्रीमतीसहित घरदैलोमा धनराज शाही, काठमाडौँ–१ मा चुनावी अभियान तीव्र २३ फाल्गुन २०८१, शुक्रबार १९:५१

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2026 janabani.com
Developed by: 9849815297