Skip to content
  • १९ जेष्ठ २०८३, मंगलवार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

महिला अधिकार र समानताका लागि ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस देशभर मनाइँदै

२४ फाल्गुन २०८१, शनिबार १०:५७
जनवाणी संवाददाता

काठमाडौं – आज ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। ‘सबै महिला तथा बालिकाका लागि अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ यो दिवस मनाइँदैछ।
काठमाडौं सहित देशभरका स्थानीय तहहरूले स्थानीय सरकारको सहयोगमा देउडा तथा सांस्कृतिक प्रतियोगिता आयोजना गरी यो दिवस मनाइरहेका छन्। महिला सम्बन्धी विभिन्न संघसंस्थाहरूले पनि विभिन्न कार्यक्रमका साथ यो दिवस मनाउँदै छन्।
यस दिवसले विश्वभरका महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धिहरूलाई स्मरण गर्दै प्रविधिमा महिलाको पहुँच विस्तार गर्ने, महिला सशक्तिकरण बढाउने, लैङ्गिक असमानता र हिंसाजन्य गतिविधिहरूलाई निर्मूल पार्ने लक्ष्य राखेको छ। साथै, महिलालाई शिक्षित र आत्मनिर्भर बनाउने तथा उचित सम्मान गर्ने उद्देश्य पनि यस दिवसको रहेको छ।
नेपालको संविधानले सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाज निर्माण गर्ने नीति लिएको छ। महिलाको हकलाई मौलिक हकको रूपमा स्थापित गरिएको छ। समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यको राजनीतिक र प्रशासनिक जीवनमा महिलाको सहभागिता बढ्दै गएको छ। अहिले संघीय संसदमा ३४ प्रतिशत, प्रदेशसभामा ३६.५ प्रतिशत र पालिकामा ४१.१ प्रतिशत महिला जनप्रतिनिधि छन्। निजामती सेवामा पनि झण्डै २८ प्रतिशत महिला कर्मचारीको उपस्थिति छ।
यद्यपि, समाजमा रहेका खराब अभ्यास र प्रथाहरूका कारण किशोरी र बालिकामाथि हुने शारीरिक र मानसिक हिंसाका घटनाहरू बढिरहेका छन्। यस्ता प्रथाहरूको अन्त्यका लागि सबैको सार्थक पहल आवश्यक छ। शिक्षा, स्वास्थ्य, रोजगारी, नीति निर्माण र निर्णय प्रक्रिया, राजनीति जस्ता राज्यका हरेक क्षेत्रमा महिलाको पहुँच समान रूपमा सुनिश्चित गर्न अझै मेहनत आवश्यक छ।
सन् १९७५ देखि संयुक्त राष्ट्रसंघले नारी दिवस मनाउन थालेको हो। पहिलो नारी दिवसको नारा ‘विगतलाई उत्सवका रूपमा मनाउने र भविष्यको योजना बनाउने’ तय गरिएको थियो। सन् १९०८ को मार्च ८ मा अमेरिकामा १५ हजारभन्दा बढी महिलाले दैनिक काम गर्ने समय घटाउनुपर्ने, राम्रो तलब पाउनुपर्ने र मतदानको अधिकार दिनुपर्ने माग राख्दै प्रदर्शन गरेका थिए। त्यही प्रदर्शनपछि संसारभर नै महिला अधिकारको बारेमा चर्चा हुन थालेको हो। महिला हक र अधिकारको माग राखेर महिलाले नै संघर्ष सुरु गरेको दिनको स्मरणमा यो दिवस मनाइन्छ।

Post navigation

प्रसाईंको आक्रामक अभियान बालेनलाई राजीनामा, राजतन्त्र पुनर्स्थापनाको दाबी
प्रचण्ड सरकारको पालामा माओवादीले ८ क्विन्टल सुन तस्करी गर्‍यो : शंकर पोखरेल










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ २४ फाल्गुन २०८१, शनिबार १०:५७
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो २४ फाल्गुन २०८१, शनिबार १०:५७
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने २४ फाल्गुन २०८१, शनिबार १०:५७
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै २४ फाल्गुन २०८१, शनिबार १०:५७
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु २४ फाल्गुन २०८१, शनिबार १०:५७

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297