Skip to content
  • ५ बैशाख २०८३, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

माओवादी केन्द्रको तराई-मधेस जागरण अभियान बीचमै स्थगित, नेताहरू राजधानी फर्कँदै

२५ फाल्गुन २०८१, आईतवार १०:०८
जनवाणी संवाददाता

माओवादी केन्द्रको तराई-मधेस जागरण अभियान बीचमै स्थगित, नेताहरू राजधानी फर्कँदै
नेकपा (माओवादी केन्द्र)ले हुलाकी राजमार्ग केन्द्रित तराई-मधेस जागरण अभियानलाई आइतबारदेखि अकस्मात स्थगित गरेको छ। फागुन १२ गते झापाको कचनकवलबाट सुरु भएको यो अभियान बारा, पर्सा र चितवनमा पुग्नुअघि नै रोकिएको हो।
देशको वर्तमान राजनीतिक परिस्थितिको समीक्षा गर्दै पार्टीले तत्कालका लागि अभियानलाई रोकेर काठमाडौं फर्कने निर्णय गरेको छ। पार्टी महासचिव देव गुरुङका अनुसार, सबै नेताहरू काठमाडौं पुगेपछि पदाधिकारी बैठक बसेर थप निर्णय लिइनेछ।
महासचिव गुरुङले देशको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै अभियान स्थगित गरिएको बताए। बैठकमा देशको राजनीतिक परिस्थितिको विश्लेषण गरी आगामी कार्यक्रम तय गरिनेछ।
माओवादीको यो अभियान झापाबाट रौतहटसम्म पुगेको थियो। बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, बाँके, कैलाली र कञ्चनपुरमा यो अभियान पुग्न बाँकी छ।
अभियानमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत पार्टीका अधिकांश शीर्ष नेताहरूको सहभागिता रहेको थियो।

Post navigation

समाजवादमा मात्र महिला मुक्ति सम्भव श्रमिक महिला दिवसमा वक्ताहरूको जोड
राजावादी प्रदर्शनबाट विचलित छैनौँ, सरकार जिम्मेवार हुनुपर्छ : प्रचण्ड










 

 

 

 

ताजा खबर

  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो २५ फाल्गुन २०८१, आईतवार १०:०८
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने २५ फाल्गुन २०८१, आईतवार १०:०८
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै २५ फाल्गुन २०८१, आईतवार १०:०८
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु २५ फाल्गुन २०८१, आईतवार १०:०८
  • श्रीमतीसहित घरदैलोमा धनराज शाही, काठमाडौँ–१ मा चुनावी अभियान तीव्र २५ फाल्गुन २०८१, आईतवार १०:०८

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2026 janabani.com
Developed by: 9849815297