Skip to content
  • १३ असार २०८३, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

समाजवादमा मात्र महिला मुक्ति सम्भव श्रमिक महिला दिवसमा वक्ताहरूको जोड

२४ फाल्गुन २०८१, शनिबार १९:१४
जनवाणी संवाददाता

काठमाडौं –  ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा काठमाडौंमा विभिन्न महिला संगठनहरूले र्‍यालीसहित संयुक्त कार्यक्रम आयोजना गरेका छन्। नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीसहित पाँच संगठनले बानेश्वरमा जुलुस र सभा गरी दिवस मनाएका हुन्।
कार्यक्रममा अखिल नेपाल महिला संघ क्रान्तिकारीका अध्यक्ष बन्धु सीले समाजवादमा मात्र महिलाको मुक्ति सम्भव रहेको दाबी गरिन्। उनले सडकमा मकै, चटपटे र साग बेच्ने महिलाहरूको जीवनको प्रत्याभूति राज्यले कहिले दिने भनी प्रश्न गरिन्।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की केन्द्रीय सदस्य अमृता थापाले समानुपातिक र समावेशीको नाममा अस्थिर सरकारको भ्रम फैलाइएको भन्दै खबरदारी गरिन्। अखिल नेपाल समाजवादी महिला संगठनकी केन्द्रीय अध्यक्ष जयन्ती राईले महिलाहरू एकजुट भएर सशक्त रूपमा लाग्नुपर्नेमा जोड दिइन्।
भृकुटीमण्डपबाट सुरु भएको र्‍याली बानेश्वरमा सभामा परिणत भएको थियो। कार्यक्रममा विभिन्न पार्टी र संगठनका नेता-कार्यकर्ता सहभागी थिए। नेपाल समाजवादी महिला संघकी नेता कल्पना सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष मीना पुनले गरेकी थिइन्।

Post navigation

प्रचण्ड सरकारको पालामा माओवादीले ८ क्विन्टल सुन तस्करी गर्‍यो : शंकर पोखरेल
माओवादी केन्द्रको तराई-मधेस जागरण अभियान बीचमै स्थगित, नेताहरू राजधानी फर्कँदै










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ २४ फाल्गुन २०८१, शनिबार १९:१४
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो २४ फाल्गुन २०८१, शनिबार १९:१४
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने २४ फाल्गुन २०८१, शनिबार १९:१४
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै २४ फाल्गुन २०८१, शनिबार १९:१४
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु २४ फाल्गुन २०८१, शनिबार १९:१४

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297