Skip to content
  • ५ बैशाख २०८३, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

राजावादी प्रदर्शनबाट विचलित छैनौँ, सरकार जिम्मेवार हुनुपर्छ : प्रचण्ड

२६ फाल्गुन २०८१, सोमबार १९:१०
जनवाणी संवाददाता

काठमाडौं –  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादीहरूको प्रदर्शनबाट आफूहरू विचलित नभएको बताएका छन्। उनले सरकारले जनताका लागि काम गर्न नसक्दा जनता निराश भएको र त्यसैको फाइदा प्रतिक्रियावादी शक्तिहरूले लिएको आरोप लगाएका छन्।
सोमबार सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले राजावादीहरूको प्रदर्शनको काउण्टरमा जाने विषयमा छलफल भइरहेको बताए।
“यो प्रदर्शनले केही हल्लाएको छैन। केही भएको छैन। केको डराउनु। त्यस्तो लडाइँको बीचमा त्यस्तो गर्दा त डराइएन यहाँ त अहिले?” उनले भने, “यसको जिम्मेवारी त सरकारले लिनु नै पर्छ। सरकार जुन ढंगले बन्यो, जनतामा निकै ठूलो निराशा र आक्रोश छ। जनताको समस्याका बारेमा सरकारको ध्यान केन्द्रित भएको अझै देखिँदैन। सेटिङमा नै आफ्नै मान्छे भर्ती गर्ने, नियुक्ति गर्नेतिर केन्द्रित भएकाले जनतामा निकै ठूलो फ्रस्टेशन छ। त्यसले गर्दा नै प्रतिक्रियावादी शक्तिहरूले त्यसलाई मौका पाएको जस्तो देखिन्छ। हामी सल्लाह गर्दैछौं।”
प्रचण्डले सरकार अझै पनि नागरिकप्रति उत्तरदायी नरहेको र त्यसको फाइदा प्रतिक्रियावादी शक्तिहरूले लिएको बताए।

Post navigation

माओवादी केन्द्रको तराई-मधेस जागरण अभियान बीचमै स्थगित, नेताहरू राजधानी फर्कँदै
नेकपाले सञ्चालन गर्यो हर्पिक र सरफ वनाउने तालिम










 

 

 

 

ताजा खबर

  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो २६ फाल्गुन २०८१, सोमबार १९:१०
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने २६ फाल्गुन २०८१, सोमबार १९:१०
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै २६ फाल्गुन २०८१, सोमबार १९:१०
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु २६ फाल्गुन २०८१, सोमबार १९:१०
  • श्रीमतीसहित घरदैलोमा धनराज शाही, काठमाडौँ–१ मा चुनावी अभियान तीव्र २६ फाल्गुन २०८१, सोमबार १९:१०

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2026 janabani.com
Developed by: 9849815297