काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी काठमाडौं जिल्लाले हर्पिक, सरफ, हयान्ड वास र फिनेल लगायतका सामाग्री बनाउने तालिम सञ्चालन गरेको छ । पार्टीको उत्पादन संग जोडिने नीति अनुरुप उक्त तालिमको सञ्चालन गरिएको हो।
जिल्ला पार्टी कार्यलय कपुरधारामा सञ्चालन गरिएको तालिम तथा प्रशिक्षण कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सचिव चिरञ्जीवी सी ले उत्पादनले मात्र समाजवादको आधार खडा गर्न सक्ने दाबी गरेका थिए ।
मदन कुमार फ्युयाल र विजेन्द्र लाल श्रेष्ठ प्रशिक्षक रहेकाे कार्यक्रमको सञ्चालन नेकपा केन्द्रीय सदस्य डि आर सी ले गरेका थिए।