Skip to content
  • २९ मंसिर २०८२, सोमबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

१४ घण्टा ३१ मिनेटमा सगरमाथा चढेर कीर्तिमान

१० जेष्ठ २०८१, बिहीबार २०:५९
जनवाणी संवाददाता

 

 

काठमाडौं। नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले १५ घण्टाभन्दा कम समयमै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेका छन् ।

 

वसन्त ऋतुको जारी सगरमाथा आरोहणमा गोरखाकी फुञ्जोले बिहीबार बिहान ६ : २३ बजे सगरमाथाको चुचुरोमा पुगेर सगरमाथामा सबैभन्दा छिटो पुग्ने महिला आरोहीको कीर्तिमान बनाएकी हुन् ।

 

 

सगरमाथा आधार शिविरस्थित पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार बुधबार दिउँसो ३ : ५२ मा आधार शिविरबाट आरोहण सुरू गरी बिहीबार बिहान ६:२३ बजे आरोही फुञ्जोले सगरमाथाको चुचुरोमा पाइला टेकेकी हुन् । उनले १४ घण्टा ३१ मिनेटमा सगरमाथा आरोहण गरी कीर्तिमान बनाएकी हुन् ।

 

 

यसअघि सन् २०१८ मा फुञ्जोले ३९ घण्टा ६ मिनेटमा सगरमाथाको शिखरमा पुगेर रेकर्ड बनाएकी थिइन् । पछि सन् २०२१ मा हङकङकी स्याङ यिन हङले २५ घण्टा ५० मिनेटमा सगरमाथा आरोहण गरेर बनाएको कीर्तिमान फुञ्जोले तोडेकी हुन् ।

 

 

 

Post navigation

चन्द्रागिरिबाट ४ लाख घुस लिएको अवस्थामा एकजना पक्राउ
कैलाश सिरोहियाबारे बारले निकालेको विज्ञप्ति विवादमा तानियो

ताजा खबर

  • अष्ट्रेलिया गोलीकाण्डमा मृतकको संख्या १५ पुग्यो, ४० जना घाइते १० जेष्ठ २०८१, बिहीबार २०:५९
  • विदेशी हस्तक्षेप रोक्ने हामीसँग ब्यालेस्टिक मिसाइलवाला तागत छैन : प्रचण्ड १० जेष्ठ २०८१, बिहीबार २०:५९
  • जेनजी र सरकारबिच सम्झौता : आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा १० जेष्ठ २०८१, बिहीबार २०:५९
  • चाँदी हालसम्मकै उच्च, सुनको भाउ १ हजार बढ्यो १० जेष्ठ २०८१, बिहीबार २०:५९
  • विराटनगरविरुद्ध बिनोदको अर्धशकमा सुदूरपश्चिम फाइलमा १० जेष्ठ २०८१, बिहीबार २०:५९

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2025 janabani.com
Developed by: 9849815297