Skip to content
  • २७ श्रावण २०८३, बुधबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

कैलाश सिरोहियाबारे बारले निकालेको विज्ञप्ति विवादमा तानियो

१० जेष्ठ २०८१, बिहीबार २१:०५
जनवाणी संवाददाता

 

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाबारे नेपाल बार एसोसिएसनले निकालेको विज्ञप्ति विवादमा तानिएको छ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई नागरिकता विवादमा पक्राउ गरेपछि निकालेको विज्ञप्तिले बारमा विवाद देखिएको हो । 

 

 

बारले जेठ ९ गते पक्राउको विरोधमा विज्ञप्ति जारी गरेको थियो । उक्त विज्ञप्तिविरुद्ध उपाध्यक्ष, कोषाध्यक्षसहित ७ सदस्यले राजीनामा बुझाएका छन् । उनीहरुले बिहीबार एक विज्ञप्ति जारी गर्दै राजीनामा दिएको घोषणा गरेका हुन् ।

 

 

उनीहरुले सल्लाहकार समितिको बैठक र उपत्यका बारेको भेला बोलाउन पनि माग गरेका छन् । कुनै पनि विवादमा निर्णय लिन परेमा सल्लाहकार समिति र उपत्यका बारेसँग छलफल गर्ने परम्परा रहेको छ । बारको सल्लाहकार समितिमा पूर्वअध्यक्ष एवं वरिष्ठ अधिवक्ताहरू हुने गर्दछन् ।

 

 

के थियो बारको विज्ञप्तिमा 

 

बारले प्रतिशोध साँध्ने उद्देश्यले अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज गर्ने मनसायबाट हुने राज्य शक्तिको दुरुपयोग किमार्थ स्वीकार्य नहुने बताएको थियो । 

 

सिरोहिया पक्राउ गरेकोमा बारले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रेस स्वतन्त्रता र मानवअधिकारको संरक्षण र सम्बद्र्धनमा एसोसिएसनले सदैव पहरेदारी र संरक्षण गर्दै आएको स्मरण गराएको थियो । 

 

‘नागरिकको अभिव्यक्ति स्वतन्त्रता र आलोचनालाई मुखरित गर्ने स्रोतको रूपमा रहेको पत्रकारिता जगतमाथि प्रहार गरिनु लोकतन्त्रमाथिकै प्रहार हो’, बारले बुधबार जारी गरेको विज्ञप्ति भनिएको थियो, ‘प्रतिशोध साँध्ने उद्देश्यले अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज गर्ने मनसायबाट हुने राज्य शक्तिको दुरुपयोग किमार्थ स्वीकार्य हुँदैन ।’

 

 

 

Post navigation

१४ घण्टा ३१ मिनेटमा सगरमाथा चढेर कीर्तिमान
कोशी, बागमती र लुम्बिनी प्रदेशमा बिहानैदेखि वर्षा










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ १० जेष्ठ २०८१, बिहीबार २१:०५
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो १० जेष्ठ २०८१, बिहीबार २१:०५
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने १० जेष्ठ २०८१, बिहीबार २१:०५
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै १० जेष्ठ २०८१, बिहीबार २१:०५
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु १० जेष्ठ २०८१, बिहीबार २१:०५

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297