Skip to content
  • २९ मंसिर २०८२, सोमबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

कैलाश सिरोहियाबारे बारले निकालेको विज्ञप्ति विवादमा तानियो

१० जेष्ठ २०८१, बिहीबार २१:०५
जनवाणी संवाददाता

 

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाबारे नेपाल बार एसोसिएसनले निकालेको विज्ञप्ति विवादमा तानिएको छ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई नागरिकता विवादमा पक्राउ गरेपछि निकालेको विज्ञप्तिले बारमा विवाद देखिएको हो । 

 

 

बारले जेठ ९ गते पक्राउको विरोधमा विज्ञप्ति जारी गरेको थियो । उक्त विज्ञप्तिविरुद्ध उपाध्यक्ष, कोषाध्यक्षसहित ७ सदस्यले राजीनामा बुझाएका छन् । उनीहरुले बिहीबार एक विज्ञप्ति जारी गर्दै राजीनामा दिएको घोषणा गरेका हुन् ।

 

 

उनीहरुले सल्लाहकार समितिको बैठक र उपत्यका बारेको भेला बोलाउन पनि माग गरेका छन् । कुनै पनि विवादमा निर्णय लिन परेमा सल्लाहकार समिति र उपत्यका बारेसँग छलफल गर्ने परम्परा रहेको छ । बारको सल्लाहकार समितिमा पूर्वअध्यक्ष एवं वरिष्ठ अधिवक्ताहरू हुने गर्दछन् ।

 

 

के थियो बारको विज्ञप्तिमा 

 

बारले प्रतिशोध साँध्ने उद्देश्यले अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज गर्ने मनसायबाट हुने राज्य शक्तिको दुरुपयोग किमार्थ स्वीकार्य नहुने बताएको थियो । 

 

सिरोहिया पक्राउ गरेकोमा बारले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रेस स्वतन्त्रता र मानवअधिकारको संरक्षण र सम्बद्र्धनमा एसोसिएसनले सदैव पहरेदारी र संरक्षण गर्दै आएको स्मरण गराएको थियो । 

 

‘नागरिकको अभिव्यक्ति स्वतन्त्रता र आलोचनालाई मुखरित गर्ने स्रोतको रूपमा रहेको पत्रकारिता जगतमाथि प्रहार गरिनु लोकतन्त्रमाथिकै प्रहार हो’, बारले बुधबार जारी गरेको विज्ञप्ति भनिएको थियो, ‘प्रतिशोध साँध्ने उद्देश्यले अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज गर्ने मनसायबाट हुने राज्य शक्तिको दुरुपयोग किमार्थ स्वीकार्य हुँदैन ।’

 

 

 

Post navigation

१४ घण्टा ३१ मिनेटमा सगरमाथा चढेर कीर्तिमान
कोशी, बागमती र लुम्बिनी प्रदेशमा बिहानैदेखि वर्षा

ताजा खबर

  • अष्ट्रेलिया गोलीकाण्डमा मृतकको संख्या १५ पुग्यो, ४० जना घाइते १० जेष्ठ २०८१, बिहीबार २१:०५
  • विदेशी हस्तक्षेप रोक्ने हामीसँग ब्यालेस्टिक मिसाइलवाला तागत छैन : प्रचण्ड १० जेष्ठ २०८१, बिहीबार २१:०५
  • जेनजी र सरकारबिच सम्झौता : आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा १० जेष्ठ २०८१, बिहीबार २१:०५
  • चाँदी हालसम्मकै उच्च, सुनको भाउ १ हजार बढ्यो १० जेष्ठ २०८१, बिहीबार २१:०५
  • विराटनगरविरुद्ध बिनोदको अर्धशकमा सुदूरपश्चिम फाइलमा १० जेष्ठ २०८१, बिहीबार २१:०५

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2025 janabani.com
Developed by: 9849815297