Skip to content
  • १३ असार २०८३, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

निर्वाचन सार्न खोज्ने गतिविधिप्रति जनपत्रकार संगठनको गम्भीर ध्यानाकर्षण

१५ जेष्ठ २०८१, मंगलवार १९:५६
जनवाणी संवाददाता

काठमाडौं । जनपत्रकार संगठन नेपालले पत्रकार महासंघको आसन्न निर्वाचनको पूर्वसन्ध्यामा पत्रकारहरुका विभिन्न संघ संगठनहरुले गरिरहेका विभिन्न गतिविधि र महासंघका कामहरुबारे आफ्नो संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष शेरबहादुर विश्वकर्माले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै पत्रकारहरुका विभिन्न संघ संगठनहरुले गरिरहेका विभिन्न गतिविधि र महासंघका कामहरुबारे आफ्नो संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन ।

जनपत्रकार संगठनले महासंघको जेठ २६ गतेका लागि घोषणा गरिएको निर्वाचन निर्धारित समयभित्र गरिनु पर्ने, निर्वाचनलाई कुनैपनि बहानामा सार्ने प्रयास गर्न नहुने, पत्रकार महासंघ जस्तो नागरिक अगुवा संस्थाले आफ्नो मर्यादा, विश्वसनियता र मान्यतालाई कायम राख्न विधि विधानको पूर्णतः पालना गर्नु पर्ने भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ ।

जनपत्रकार संगठनले पत्रकारिता र महासंघलाई मर्यादित, पेशागत र थप विश्वसनिय बनाउने उद्देश्यले सुरुवात गरिएको महासंघको शुद्धिकरण अभियान आफैमा सकरात्मक कदम भएको जनाएको छ ।

जारी विज्ञप्तिमा जनपत्रकार संगठनले भनेको छ ‘अब शुद्धिकरण मापदण्डको कार्यान्वयन हुनैपर्छ, विवादको उचित समाधान खोजिनु पर्छ । कुनैपनि वास्तविक पत्रकार सदस्यताबाट बञ्चित गरिनु हुदैन र गैरपत्रकारहरु महासंघमा रहनु हुदैन भन्ने मान्यतामा जनपत्रकार संगठन नेपाल दृढ रहको कुरा स्पष्ट गर्न चाहन्छ ।’

कतिपय शाखाहरुमा रहेको सदस्यता विवादका समस्याहरु अझै नटुङगिएको भन्दै संगठनले सदस्यता प्राप्ति सम्वन्धि महासंघको विधानको व्यवस्था बमोजिम पत्रकारहरुले सदस्यता र मतदानको अधिकार पाउनु पर्ने उल्लेख गरेको छ । संगठनले सबैको सहभागितलाई महासंघमा सुनिश्चित गर्न अपिल पनि गरेको छ ।

विज्ञप्तिको अन्तमा भनिएको छ ‘पत्रकार महासंघ हामी सबैको साझा संस्था हो भन्ने कुरालाई व्यावहारिकरुपमा अनुदित गर्न बैचारिक र संगठनात्मक हिसाबले सबै पेशागत संघ ÷संगठनको सहभागितालाई सुनिश्चितता गर्दै संस्थालाई थप गतिशिल र पूर्नसंरचना हुने गरी आगामी निर्वाचनको मुद्धा बनाउन सम्वन्धित सबैमा हार्दिक अपिल गर्दछौ ।’

विज्ञप्तिको पूर्णपाठ

 

 

 

Post navigation

इच्छुकको २३औँ स्मृति तथा सांस्कृतिक बलिदान दिवस सम्पन्न  
पहिलो दोस्रो अबधिक योजना मेरो दाहित्व र बाँके










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ १५ जेष्ठ २०८१, मंगलवार १९:५६
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो १५ जेष्ठ २०८१, मंगलवार १९:५६
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने १५ जेष्ठ २०८१, मंगलवार १९:५६
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै १५ जेष्ठ २०८१, मंगलवार १९:५६
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु १५ जेष्ठ २०८१, मंगलवार १९:५६

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297