Skip to content
  • १३ कार्तिक २०८२, बिहीबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

इच्छुकको २३औँ स्मृति तथा सांस्कृतिक बलिदान दिवस सम्पन्न  

१४ जेष्ठ २०८१, सोमबार ०६:३३
जनवाणी संवाददाता

काठमाडौं । माक्र्सवादी साहित्यकार तथा पत्रकार महान् सहिद कृष्णसेन इच्छुकको २३औँ स्मृति दिवस मनाइएको छ । अखिल नेपाल जनसांस्कृतिक महासङ्घ केन्द्रीय समितिको आयोजनामा काठमाडौंको कपुधारामा एक कार्यक्रमको आयोजना गरि जनसाहित्यकार तथा जनपक्षीय पत्रकार कृष्णसेन इच्छुकको २३ औँ स्मृति दिवस मनाइएको हो ।

 

२०१३ साल कात्तिक ३ गते देहरादुनमा जन्मिएका साहित्यकार तथा श्रमजीवि पत्रकार कृष्णसेन जनयुद्धमा सहभागी प्राज्ञिक योद्धा हुन् । जनादेश साप्ताहिक तथा जनदिशा दैनिकका सम्पादक एवम् साहित्यकार सेनलाई २०५९ जेठ ६ गते काठमाडौंबाट गिरफ्तार गरेर तत्कालिन सत्ताले महेन्द्र पुलिस क्लबमा हिरासतमा राखी चरम मानसिक एवम् शारीरिक दिएर २०५९ जेठ १३ गते हिरासतमै हत्या गरेको थियो । तिनै महान सहिद साहित्यिक तथा पत्रकार सेनको सम्झनामा उक्त कार्यक्रमकाे आयोजना गरिएको हो ।

 

अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष माइला सीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा माक्र्सवादी लेखक साहित्यकार, राजनीतिज्ञ अनिल सी, माक्र्सवादी लेखक साहित्यकार खेम थपालिया, लगाएतका नेताहरुले सेनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कार्यक्रममा बोल्ने वक्ताहरूले सेनको व्यक्तित्व, कृतित्व र उहाँले महान् जनयुद्धका बेला खेल्नु भएको योगदानका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रमका प्रमुख वक्ताको रुपमा बाेल्दै अनिल सीले इच्छुकको चर्चा गर्दै इच्छुकको हत्यामा शेर बहादुर देउवा र गिरिजा प्रसाद कोइरालाको आन्तरिक अन्तर संघर्ष चरम उत्कर्षमा पुगेका बेला तत्कालिन सत्ताले अमानवीय, अपराधका रुपमा इच्छुकको हत्या गरेको धारणा राखे । तत्कालीन सरकारले आफ्नो असली घृणित रुप देखाएको भन्दै अहिले पनि कम्युनिस्टहरु सरकारमा पुग्दा पनि सेनको सम्मान गर्न सरकार हिच्किचाएको बताए । कृष्णसेन इच्छुकको क्रान्तिकारिता, सरलता र सादगीपनको सबैले अनुकरण गर्नुपर्ने बताए । उनलेे भने, ‘पद र प्रतिष्ठाको लागि कहिल्यै पनि अगाडि सर्नु भएन । पार्टीले केन्द्रीय नेतृत्वमा रहेर भूमिका निर्वाह गर्न बारबार आग्रह गर्दा पनि उहाँ तल्लो समितिमा बसेर नै केन्द्रीय भूमिका निर्वाह गर्नुभयो । यहाँबाट अहिलेका नेता कार्यकर्ताले सिक्नु पर्ने तर्क गर्नु भयो । अहिले पार्टी सदस्य नबन्दै केन्द्रीय सदस्य बन्न नेताहरुको दहिलो चाहार्ने प्रवृत्ति बढेकाले कृष्णसेन इच्छुकका बारेमा सबैले पढ्नु पर्ने धारणा राखे ।

 

त्यसैगरी कार्यक्रमका अर्का वक्ता खेम थपलियाले सेनको चर्चा गर्दै सेनको आदर्श र व्यवहारमा कुनै भिन्नता नभएको तर उनकै सहयोद्धाहरू उनको विचार आदर्शलाई सत्तामा पुगेर लात हानेको बताए । कार्यक्रममा आफ्नो धारणा राख्दै थपलियाले मुख्य कुरा नेतृत्वको रक्षा गर्न नसक्नुका कारण नेपालमा कम्युनिस्टहरु कमजोर भएको धारण राखे । हर समितिमा नेताहरुलाई नीति निमार्णदेखि हरकुरामा सहयोग र उनीहरुको रक्षा गर्नु महत्त्वपूर्ण भएकाले यो हुन जरुरी रहेको तर्क गरे । उनले भने, ‘अहिले हर समाजमा प्रश्नहरु उठेका छन् जसले जुन प्रश्नको सहि उत्तर र निकास दिन्छ उसले मात्र जित्न सक्छ । त्यसैले सबैले वैज्ञानिक दृष्टिकोण राख्नेहरुले त बेलाबेला हर समस्याको सही निकास दिनुपर्छ ।’

कार्यक्रममा नेकपा केन्द्रीय सदस्य भृकुटी सी, नेवा राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष सुरेन्द्र सी लगायतले इच्छुकलाई सदा स्मरण गर्नुपर्ने बताए । अतिथिका रुपमा नेकपा केन्द्रीय सदस्य, अन्य जवस मोर्चाका प्रमुखहरुको उपस्थित रहेको थियो भने कार्यक्रमको संचालन महासङ्घका महासचिव कुशल सीले गरेका थिए ।

 

Post navigation

नेकपा बर्दियाले बुझायो ७ बुँदे ज्ञापनपत्र
निर्वाचन सार्न खोज्ने गतिविधिप्रति जनपत्रकार संगठनको गम्भीर ध्यानाकर्षण

ताजा खबर

  • वैकल्पिक शक्तिबीच शृंखलाबद्ध संवाद एउटै पार्टी बनाउने, नभए सहकार्य १४ जेष्ठ २०८१, सोमबार ०६:३३
  • इजरायल-हमास : शान्ति सम्झौताको मियो बने ट्रम्प १४ जेष्ठ २०८१, सोमबार ०६:३३
  • मणिपालदेखि गण्डकी मेडिकलसम्म नर्सहरूको आन्दोलन, स्वास्थ्य सेवा प्रभावित १४ जेष्ठ २०८१, सोमबार ०६:३३
  • सर्वोच्च अदालतमा मंगलबारदेखि रिट दर्ता खुल्ने १४ जेष्ठ २०८१, सोमबार ०६:३३
  • नेकपा केन्द्रीय समितिको आकस्मिक बैठक आज बस्दै १४ जेष्ठ २०८१, सोमबार ०६:३३

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2025 janabani.com
Developed by: 9849815297