Skip to content
  • १२ कार्तिक २०८२, बुधबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

सी जातिको मान्यताका लागि हस्ताक्षर अभियान 

१५ जेष्ठ २०८१, मंगलवार २२:२९
जनवाणी संवाददाता

 

बिनित कुमार तिरुवा 

काठमाडौं । सी जातिको मान्यताका लागि दबाव स्वरुप युवा संगठन नेपालद्वारा हस्ताक्षर संकलन अभियानको उद्घाटन गरिएको छ । पचालझरना गाउँपालिकाको धमालिबाट आज अभियान सुरु गरिएको हो । 

 

कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य रणदिप सी.ले कार्यक्रम उद्घाटन पश्चात बोल्दै नेकपाले नेपाललाई वास्तविक रुपमा सबै जातिको साझा फुलबारी बनाउन खोजेको दाबी गर्नुभयो । सामन्तवादी जाति र संस्कृतिलाई खारेज गरेर सी जाति र सी संस्कृति स्थापना गर्न सके मात्रै सबै जाति समान हुने उहाँले स्पष्ट पार्नुभयो ।

कार्यक्रममा नेकपा, कालिकोट जिल्ला समिति सचिवालय सदस्य दिलमान सी, युवा संगठन नेपाल – कर्णाली प्रदेश ईन्चार्ज मिनेस सी, युवा संगठनका जिल्ला अध्यक्ष नयाराज सी, नेपाली कांग्रेसका पुर्व बदालकाेट गा बि स सभापति अजबिर तिरुवा, एमालेका मोती तिरुवा सहित स्थानीय शिक्षक केशव बि क लगायत १५० जनाको हस्ताक्षर संकलन गरिएको छ । 

नेकपाको सहायक संगठन युवा संगठन नेपाल, पचालझरनाद्वारा स्थानीय नौमुले आधारभूत विद्यालयमा कार्यक्रम आयोजना गरिएको हो । दिलमान सी.ले कार्यक्रमको औचित्य माथि प्रष्ट पार्नुभएको थियो । कालिकोटको शान्नी त्रिवेणी र शहिद स्मृति गाउँपालिका माल्कोट मा पनि हस्ताक्षर अभियान सञ्चालन गरिएको युवा संगठनका जिल्ला अध्यक्ष नयराज सी ले बताउनु भयो ।

Post navigation

पहिलो दोस्रो अबधिक योजना मेरो दाहित्व र बाँके
सुर्खेतको रातानाङ्गला नजिकै जिप दुर्घटना, ४ जनाको मृत्यु  

ताजा खबर

  • वैकल्पिक शक्तिबीच शृंखलाबद्ध संवाद एउटै पार्टी बनाउने, नभए सहकार्य १५ जेष्ठ २०८१, मंगलवार २२:२९
  • इजरायल-हमास : शान्ति सम्झौताको मियो बने ट्रम्प १५ जेष्ठ २०८१, मंगलवार २२:२९
  • मणिपालदेखि गण्डकी मेडिकलसम्म नर्सहरूको आन्दोलन, स्वास्थ्य सेवा प्रभावित १५ जेष्ठ २०८१, मंगलवार २२:२९
  • सर्वोच्च अदालतमा मंगलबारदेखि रिट दर्ता खुल्ने १५ जेष्ठ २०८१, मंगलवार २२:२९
  • नेकपा केन्द्रीय समितिको आकस्मिक बैठक आज बस्दै १५ जेष्ठ २०८१, मंगलवार २२:२९

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2025 janabani.com
Developed by: 9849815297