Skip to content
  • १९ जेष्ठ २०८३, मंगलवार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

डोनाल्ड ट्रम्प ३४ वटा मुद्दामा दोषी ठहर

१८ जेष्ठ २०८१, शुक्रबार १०:०५
जनवाणी संवाददाता

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प विभिन्न ३४ वटा जघन्य अपराधका मुद्दाहरूमा दोषी ठहर भएका छन्।

बिहिबार न्यू योर्कको अदालतले ट्रम्पलाई पूर्वपोर्नस्टार सँगको सम्बन्ध लुकाउन उनलाई पैसा दिएको, राष्ट्रपति निर्वाचनको परिणाम प्रभावित पार्न खोजेको, संसद भवनमा आक्रमण गरेको लगायत विभिन्न ३४ जघन्य अपराधका मुद्दाहरूमा दोषी ठहर गरेको समाचार संस्था एशोसियटेड प्रेस (एपी) ले उल्लेख गरेको छ।

अमेरिकाको इतिहासमा ट्रम्प जघन्य आरोप लागेको र आरोप पुष्टि भएको पहिलो पूर्वराष्ट्रपति बनेका छन्।

म्यानहटन ज्यूरीले दुई दिन गरी ९ घन्टाको बहस सुनेपछि ट्रम्पलाई दोषी ठहर गरिएको फैसला सुनाएको एपीले जनाएको छ।

दोषी ठहर गरिएपनि सजाय भने तोकिसकेको छैन। न्यायाधीश जुआन एम. मर्चनले जुलाई ११ मा ट्रम्पको सजाय तोकिने बताएका छन्।

त्यो भनेको राष्ट्रपति चुनावको मनोनयन दर्ता गर्ने ठीक एक दिनअघि हो।

ट्रम्पले सन् २०१६ को राष्ट्रपति निर्वाचनताका पूर्व पोर्नस्टार स्टोर्मी ड्यानियललाई आफूहरूबीचको सम्बन्ध लुकाउन १ लाख ३० हजार डलर पैसा दिएको आरोप थियो।

उनीमाथि राष्ट्रपति हुँदा ह्वाइट हाउसबाट गोप्य कागजातहरू गायभ गरेको लगायत फौजदारी अपराधसँग सम्बन्धित थुप्रै मुद्दाहरूमा फैसला आउन बाँकी नै छ।

Post navigation

कानुन मन्त्रीलाई भक्कानिएर रुवाउने एक सांसदको वास्तविक कथा
नेकपा नेता भरत सी र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीबीच भेटवार्ता










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ १८ जेष्ठ २०८१, शुक्रबार १०:०५
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो १८ जेष्ठ २०८१, शुक्रबार १०:०५
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने १८ जेष्ठ २०८१, शुक्रबार १०:०५
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै १८ जेष्ठ २०८१, शुक्रबार १०:०५
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु १८ जेष्ठ २०८१, शुक्रबार १०:०५

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297