Skip to content
  • १३ असार २०८३, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

नेकपा नेता भरत सी र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीबीच भेटवार्ता

१९ जेष्ठ २०८१, शनिबार ०६:००
जनवाणी संवाददाता

नेकपाका नेता भरत सी र मुख्यमन्त्री सोडारीबीच शुक्रबार मुख्यमन्त्रीको सरकारी निबास धनगढीमा भेटवार्ता भएको हो ।

जनवाणी 

जेठ १९ काठमान्डाै  -भेटवार्तामा दुबै नेताहरु बीच सुदूरपश्चिममा समाजवादी मोर्चाका कामहरु,कम्युनिष्टहरु बीचको सहकार्य, एकता, मोर्चाको निरन्तरता लगायतका विषयमा छलफल भएको छ ।

भेटवार्तामा नेकपाका नेता भरत सीले मुख्यमन्त्री सोडारी समक्ष कम्युनिस्टहरुलाई सक्ने गरी साम्राज्यबादी हस्तक्षेप बढिरहेको बताउदै यो बेला कम्युनिस्टहरुबीच एकता जरुरी भएको धारणा राख्नुभएको थियो ।

उहाँले कम्युनिष्ट एकतासंगै व्यबहारमा नयाँपन देखाउने गरी अगाडि बढ्नुपर्ने विचार राख्नु भयो । कम्युनिष्टहरुमा एकता नहुने हो भने नेपाल पश्चिम बङगाल,चिली अथबा पेरु बन्ने खतरा रहेको औल्याउदै नेता भरतले भन्नुभयो ‘नेपाल कम्युनिष्ट पार्टीले जनश्रम सहकारी मार्फत देशैभरी काम गरीरहेको छ, आफुहरुले कृषि कार्य ,खेती र उद्योग सञ्चालन गरिरहेका छौ,यसमा सरकारको सहकार्य जरुरी छ ।’

भेटवार्ताका क्रममा नेता भरतले अब देशको आर्थिक बिकासका लागि एकीकृत स्वामित्व अन्तर्गत जानु पर्ने बताउनुभयो । उहाँले कृषि कार्यबाट फाइदा छैन भन्ने भाष्यलाई चिर्दै नेपाल कम्युनिष्ट पाटीले देशैभर नेता कार्यकर्ताहरुलाई उत्पादनसंग जोडेको र यसमा सरकारले स्वामित्व लिनु पर्ने बताउनुभयो ।

नेता भरतले बजेट, नीति तथा योजना बनाउदा विचौलीयाहरुको साँठगाठ रोक्नु पर्ने र जनमुखी बजेट ल्याउन मुख्यमन्त्री सोडारीलाई सुझाव दिनुभयो ।

मुख्यमन्त्री सोडारीले भेटवार्ताका अवसरमा नेकपाका नेता भरत सीले राखेको धारणा र सुझावमाथि धारणा राख्दै नेपाल कम्युनिष्ट पार्टीले राखेको अहिलेको विचार र योजना सहि भएको बताउनुभयो ।

उहाँले उत्पादनका दृष्टिकोणले सुदूरपश्चिम प्रदेश सरकारले पनि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पाटीबाट सिको गर्नु पर्छ भन्ने छलफल चलेको बताउनुभयो । उहाँले कृषि क्षेत्रमा उत्पादन बढाउने गरी बजेट विनियोजन गरिने बताउदै पहाडमा भट्मास र तराईमा धान र गहुँमा जोड दिने र नेकपासंग सहकार्य गर्नेबताउनुभयो ।

मुख्यमन्त्री सोडारीले फलफुल तथा अन्य तरकारी खेतीमा पनि सुदूरपश्चिम प्रदेश सरकारले विशेष चासो दिएर काम गर्ने विश्वास दिलाउनु भयो । भेटबार्तामा नेकपाका कैलाली जिल्ला ईन्चार्ज तथा केन्द्रीय सदस्य प्रकाश सी,युवासंगठन नेपाल सुदूरपश्च्मि प्रदेशका इन्चार्ज सुशिल सी लगायतका नेताहरुको पनि सहभागिता रहेको थियो ।

Post navigation

डोनाल्ड ट्रम्प ३४ वटा मुद्दामा दोषी ठहर
दलित सहभागिताका लागि कानून बाध्यकारी बनाउनु पर्छः सञ्चारमन्त्री शर्मा










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ १९ जेष्ठ २०८१, शनिबार ०६:००
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो १९ जेष्ठ २०८१, शनिबार ०६:००
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने १९ जेष्ठ २०८१, शनिबार ०६:००
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै १९ जेष्ठ २०८१, शनिबार ०६:००
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु १९ जेष्ठ २०८१, शनिबार ०६:००

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297