जनवाणी सम्बाददाता
प्रकाशित मिति : आईतवार जेष्ठ २० २०८

काठमाडौं – नेपाल पत्रकार महासंघको निर्वाचन समयमै सम्पन्न गर्न ६ वटा पत्रकार संगठनले माग गरेका छन् । शनिबार प्रेस चौधारी, प्रेस सेन्टर, समाजवादी प्रेस, जनपत्रकार संगठ, प्रगतिशील पत्रकार र क्रान्तिकारी प्रेसले संयुक्त प्रेस वक्तव्य जारी गरेर पत्रकार महासंघ निर्वाचन समयमै गर्न माग गरेका हुन् 

जेठ २६ गते केन्द्र, प्रदेश, शाखा, प्रतिष्ठान र एशोशियटको नयाँ नेतृत्व चयनका लागि निर्वाचन गर्ने घोषणा गरिएपनि अहिलेसम्म सदस्यता विवाद टुंगिएको छैन। संयुक्त वक्तव्यमा भनिएको छ, ‘सदस्यहरूको अद्यावधिक नामावलीको सूची नबुझाइएकै कारण हालसम्म पनि निर्वाचन कार्यतालिका प्रकाशित हुन सकेको छैन । हामी देहायका संगठनहरू नेपाल पत्रकार महासंघको निर्वाचनलाई तोकिएको मितिमा निर्वाध रूपमा सम्पन्न गर्न केन्द्रीय नेतृत्वबाटै अवरोध भइरहेकोमा ख्रेद व्यक्त गछौं

तोकिएकै समयमा निर्वाचनको वातावरण बनाउँन माग गर्दै नेपाल पत्रकार महासंघका अद्यावधिक सदस्यहरुको नामावली तत्काल निर्वाचन समितिलाई बुझाई सार्वजनिक गर्न र उक्त नामावलीमा छुट भएका क्रियाशील पत्रकारहरूको नामावली समावेश गरी निर्वाचन समितिबाट प्रक्रिया बमोजिम अन्तिम नामावली प्रकाशन गर्ने वातावरण मिलाउन समेत माग गरेका छन्