Skip to content
  • २८ असार २०८२, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

नेकपा बर्दियाद्वारा रेडियमको निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली

२० जेष्ठ २०८१, आईतवार ०९:४२
जनवाणी संवाददाता

बर्दिया । नेपाल कम्युनिष्ट पार्टी बर्दियाले नेकपाका केन्द्रीय सदस्य तथा केन्द्रीय कार्यालयमा कार्यरत भिमहादुर सी (रेडियम) को असमायिक निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।

नेकपा बर्दिया जिल्ला इन्चार्ज हिमशिखरले शनिबार एक शोक वक्तव्य जारी गर्दै क्रान्तिकारी योद्धा रेडियमको निधनले पार्टीलाई अपूरणीय क्षेती पुगेको भन्दै दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
नेकपा बर्दियाले जारी गरेको शोक वक्तव्यमा भनेको छ ‘बुवा रत्न बहादुर नेपाली र आमा कासी कुमारी नेपालीको कोखबाट २०३० जेठ ७ गते जाजरकोट जिल्ला शिवालय गाउँपालिका वडानम्वर ३ मा जन्मेर हाल बर्दिया जिल्ला मधुबन नगरपालिका वडा नम्बर ९ तारातालमा बस्दै आउनु भएका हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिष्ट पाटीका केन्द्रीय सदस्य एवम केन्द्रीय कार्यालयमा कार्यरत कमरेड भिम बहादुर सीको आज विहान ७ बजे भएको असमायिक निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्दछौ ।’
नेकपाले दुखत क्षणमा रेडियमको जीवनसंगीनी कस्तुरा नेपाली छोरा छोरी लगायत सम्पूर्ण घरपरिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ ।
नेकपाले शोक वक्तव्यमार्फत महान जनयुद्धमा २०५४ सालदेखि समाहित भएर प्राविधिक ज्ञान भएका रेडियमले आफ्नो भौतिक जीवनको प्रवाह नगरी देश र जनताका लागि अमुल्य योगदान पुर्याएकोमा सम्मान गर्दै उनको वैज्ञानिक समाजवादको अधुरो सपना पूरा गर्ने प्रतिबद्धता जनाएको छ ।

Post navigation

निर्वाचन गर्न ६ वटा पत्रकार संगठनको माग
चीनको बाटो भएर सिमकोट पुग्यो बस

ताजा खबर

  • काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत परियारलाई २५ हजार धरौटीमा छाड्न आदेश २० जेष्ठ २०८१, आईतवार ०९:४२
  • संयुक्त बिरोध प्रदर्शन प्यालेस्टाइनमाथी साम्राज्यवादी आक्रमणविरुद्ध हुँदै २० जेष्ठ २०८१, आईतवार ०९:४२
  • मधेश एक दिन नेपालबाट अलग हुनेछजसपा नेता यादवको आपत्तीजनक अभिव्यक्ति २० जेष्ठ २०८१, आईतवार ०९:४२
  • नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ। २० जेष्ठ २०८१, आईतवार ०९:४२
  • ९ महिनापछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै २० जेष्ठ २०८१, आईतवार ०९:४२

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2025 janabani.com
Developed by: 9849815297