जेठ २० काठमाडौँ – डा. सुन्दरमणी दीक्षितले दरवार हत्याकाण्डको रहस्य खोलेका छन् । दरबार हत्याकाण्ड भएको २३ वर्षपछि नागरिक समाजका अगुवा डा. दीक्षितले राजा वीरेन्द्रलाई असल र नम्र व्यक्तिको रूपमा सम्झिदै दरबार हत्याकाण्ड दीपेन्द्रले नै गराएको रहसय खोलेका हुन् । उनले दरबार हत्याकाण्ड हुनुको मुख्य कारण दीपेन्द्रको लभ अफेयर नै रहेको दाबी गरे।
रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको अन्तरक्रियामा बोल्दै उनले ‘त्यो दिन शुक्रबारको दिन थियो । राज परिवारको जमघट हुने दिन थियो । त्यहाँ दीपेन्द्रले कम्ब्याट ड्रेस लगाएर आएर गोली हानेको छ । राजा वीरेन्द्रलाई गोली हानिसकेपछि अरूलाई हान्दै गए, फेरि फर्किएर आएर राजा मरेका छन् कि छैनन् ? हेरे । त्यो बेलासम्म राजा स्वर्गीय हुनुभएको थिएन । त्यस बेलामा राजाको शिर उहाँको बहिनी (शोभा) को काखमा राखेर उहाँको बहिनीले हेरविचार गरिराख्नुभएको थियो । त्यस बेलामा दीपेन्द्र आएर फेरि गोली हानेर हत्या भएको छ । यो हत्या दीपेन्द्रले गरेको हो । कारण सबैलाई थाहा छ, कारण लभ अफेयर नै हो । बिहेको सम्बन्ध हो । दीपेन्द्रको मुकुटधारी मान्छे आयो भने । त्यो होइन । दीपेन्द्रले वंशनाश गरेको हो ।
तत्कालीन समयमा दरबारको नजिक मानिएका उनले त्यसबेलाको राजनीतिक नेतृत्व पूरै प्यारालाइज हुँदा छानबिन हुन नसकेको बताए । दीपेन्द्रले हत्या गरेको कुरामा विवाद नरहेको दाबी गर्दै उनले ज्ञानेन्द्रको परिवारलाई केही नहुनुको रहस्यसमेत खुलाए । ज्ञानेन्द्र घटना हुनुभन्दा केही दिनअघि नै पूर्वनिर्धारित कार्यक्रमअनुसार बाहिर गएको बताए । घटना भएपछिमात्रै ज्ञानेन्द्रलाई सो बारेमा उनकी आमाले फोनमार्फत जानकारी गराएको उनको दाबी छ । ज्ञानेन्द्रको श्रीमती कोमल सो घटनामा घाइते भएको उनले बताए । सो घटनामा कोमलको मृत्यु नहुनुमा एउटी राजकुमारी गोली लागेर ढलेपछि त्यसमाथि कोमल र कोमलमाथि पुन अर्की राजकुमारी ढल्दा उनीलाई केही नभएको बताए ।
‘दीपेन्द्रले गोली हान्दै जाँदा एकपछि अर्को ढल्दै गए । एउटा दिदी ढलिन्, त्यसमाथि कोमल ढलिन र अर्की राजकुमारी पनि त्यहीमाथि ढल्दा उनी बचिन् ।आजको दिनसम्म पनि पूर्वरानी कोमलको छातीमा गोली छ । त्यो निकाल्न सकिएको छैन । त्यो निकालियो भने उनको मृत्यु हुनसक्छ,’– दीक्षितले भने ।दीपेन्द्रको लभ अफयर चलिरहँदा उनको पक्षमा नीराजन र पारस रहेको दीक्षितको दाबी छ । अरू सबै परिवार रानीको पक्षमा रहेकाले दीपेन्द्रले छानिछानी गोली हानेको उनले बताए । पारसलाई दीपेन्द्रले नै छाडेको उनको भनाइ छ । दीपेन्द्रले सबै जनालाई मारेपछि नीराजन जाइलाग्दा उनलाई पनि मारेको दीक्षितले दाबी गरे ।
अहिले एडीसीले के हेरेर बसेको भन्ने प्रश्न आइरहेको भन्दै उनले राजपरिवारको जमघटमा कुनै एडीसी छिर्न नपाउने बताए । वीरेन्द्रका निकट रहेका तत्कालीन एडीसी सुन्दर रानामगरले वीरेन्द्रलाई हस्पिटल पुर्याएको उनले बताए । वीरेन्द्रको वंशनाशपछि अहिलेसम्म आइपुग्दा देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आए पनि अब देशले यसलाई धेरै दिन झेल्न नसक्ने उनले बताए । गणतन्त्र आउँदा आफूले पनि दीप प्रज्वलन गरेको स्मरण गराउँदै उनले अब यो व्यवस्था फ्याँक्नुपर्ने अवस्था आइपुगेको बता