Skip to content
  • ३० बैशाख २०८३, बुधबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

चीनको बाटो भएर सिमकोट पुग्यो बस

२० जेष्ठ २०८१, आईतवार ०९:५१
जनवाणी संवाददाता

 जनवाणी

काठमाडौं -खार्पुबाट दरमुकाम सिमकोट आउने बिरामीहरुलाई नि:शुल्क सेवा
हुम्ला —हुम्ला सदरमुकाम सिमकोटमा पहिलो पटक बस पुगेको छ । चीनको बाटो भएर एक वर्ष अगाडि हिल्सा पुगेको बस हिल्सा सिमकोट सडकको च्याछहरा खण्डमा सडक चौडा भएसँगै पहिलो पटक हुम्ला सदरमुकाम सिमकोट पुगेको हो।

सिमकोटबाट हिल्सा र खार्पुका लागि संचालन हुने बसले खार्पुनाथ गाउँपालिका–५ को खार्पुबाट सिमकोट आउने बिरामीहरुलाई नि:शुल्क सेवा दिने भएको छ । राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्लाको सदरमुकाम सिमकोटमा चीनको बाटो हुँदै बस पुर्‍याइएको हो ।

देशका ७७ जिल्लामध्ये हालसम्म सडक सञ्जालले नछोएको एक मात्र जिल्ला सदरमुकाम हुम्लाको सिमकोट हो । यात्रुलाई सेवा दिन पहिलो पटक सदरमुकाम सिमकोटमा बस पुर्‍याइएको व्यवसायी विजय लामाले बताए ।

व्यवसायी लामाले नेपालबाट बस ल्याउन सम्भव नभएपछि चीनको बाटो प्रयोग गरेर एक वर्ष अघि २ वटा बस हिल्सा पुर्‍याएका थिए। सिमकोटसम्म राष्ट्रिय सडक सञ्जाल नपुगे पनि उत्तरतिरबाट जिल्ला सदरमुकाम जोडिएकाले चीनको बाटो हुँदै बस सिमकोट पुर्‍याइएको लामाले बताए ।

‘खार्पुनाथ गाउँपालिका–५ को खार्पु भएर बग्ने चुवाखोला कर्णाली नदीमा पक्की पुल नहुँदा सिमकोट आजसम्म राष्ट्रिय सडकसँग जोडिएको छैन,’ व्यवसायी लामाले भने, ‘देशभित्रैबाट सिमकोट पुग्ने बाटो नभएपछि चीनको बाटो प्रयोग गरेका हौं । चीनको सडकमा नेपाली नम्बर प्लेटका सवारीसाधन गुडाउन नमिल्ने रहेछ । त्यसैले हामीले चिनियाँ ट्रकमा राखेर बस हिल्सा नाकासम्म ल्याउन ७ लाख रुपैयाँ भाडा तिर्नु परेको थियो ।च्याछहरा खण्डमा सडक चौडा नबनेका कारण यस अघि हिल्सादेखि नाम्खा-२ को पातिहाल्नासम्म मात्र संचालन हुने बस च्याछहरामा सडक चौडा भएसंगै बिहीबार ६ घण्टा समय लगाएर हिल्साबाट ९५ किलोमिटर टाढा रहेको सदरमुकाम सिमकोट पुगेको हो ।

Post navigation

नेकपा बर्दियाद्वारा रेडियमको निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली
डा. सुन्दरमणी दीक्षितले खोले दरबार हत्याकाण्डको रहस्य










 

 

 

 

ताजा खबर

  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो २० जेष्ठ २०८१, आईतवार ०९:५१
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने २० जेष्ठ २०८१, आईतवार ०९:५१
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै २० जेष्ठ २०८१, आईतवार ०९:५१
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु २० जेष्ठ २०८१, आईतवार ०९:५१
  • श्रीमतीसहित घरदैलोमा धनराज शाही, काठमाडौँ–१ मा चुनावी अभियान तीव्र २० जेष्ठ २०८१, आईतवार ०९:५१

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2026 janabani.com
Developed by: 9849815297