Skip to content
  • १३ असार २०८३, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

युवा संगठन गण्डकीले मुख्यमन्त्रीलाई बुझायो १० हजार हस्ताक्षर

२१ जेष्ठ २०८१, सोमबार २०:४०
जनवाणी संवाददाता

गण्डकी: युवा संगठन नेपाल गण्डकी प्रदेश समितिले १० हजार हस्ताक्षर आज गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई बुझाएको छ ।
युवा संगठन नेपालको पाचौं केन्द्रिय समितिकाे दोस्रो पूर्ण बैठकले लिएका महत्त्वपूर्ण निर्णयलाई कार्यन्वयन गर्दै जातिय विभेदका कारण विभिन्न किसिमका हत्या, हिंसा विकृति, विसङ्गति समस्याको समाधान गर्न आज गण्डकी प्रदेशले “सी” जातिलाई कानुनी मान्यताका लागि चलाएको अभियान अन्तर्गत १० हजार हस्ताक्षर गण्डकीका मुख्यमन्त्रीलाई बुझाएको हो । युवा संगठन नेपाल गण्डकी प्रदेश इन्चार्ज विवेक विक्रम सीको नेतृत्वमा बुझाइएको उक्त हस्ताक्षर मुख्यमन्त्रीमार्फत प्रधानमन्त्री पठाइनेछ ।
उक्त हस्ताक्षर लिदै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सी जाति बनाउन कति सम्भव छ ? सी जाति के हो ? लगायतका विषयमा जिज्ञासा समेत राखेका थिए ।
कार्यक्रममा पार्टी केन्द्रिय सदस्य नवलपुर जिल्ला इन्चार्ज जुझारु सी, गोर्खा जिल्ला इन्चार्ज कपिल सी, संगठनका केन्द्रिय सदस्य युवराज सी, महेन्द्र सी, मिलन सी र कास्की जिल्ला समितिको उपस्थिति रहेको थियो ।
केही दिन अगाडि मात्रै युवा सङ्गठन नेपाल गण्डकी प्रदेशले सी जातिको कानुनी मान्यताको लागि १० हजार हस्ताक्षर संकलन गरेको थियो ।

 

Post navigation

अखिल (समाजवादी) बर्दियाको जिल्ला भेला साउनमा गर्ने निर्णय
गठबन्धनको पक्षमा सतिसाल रञ्जिता श्रेष्ठलाई ओली- प्रचण्डले दिदैछन् यस्तो महत्वपुर्ण उपहार










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ २१ जेष्ठ २०८१, सोमबार २०:४०
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो २१ जेष्ठ २०८१, सोमबार २०:४०
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने २१ जेष्ठ २०८१, सोमबार २०:४०
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै २१ जेष्ठ २०८१, सोमबार २०:४०
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु २१ जेष्ठ २०८१, सोमबार २०:४०

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297