Skip to content
  • १२ कार्तिक २०८२, बुधबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

अखिल (समाजवादी) बर्दियाको जिल्ला भेला साउनमा गर्ने निर्णय

२१ जेष्ठ २०८१, सोमबार ०८:१५
जनवाणी संवाददाता

बर्दिया । अखिल (समाजवादी) बर्दियाको जिल्ला भेला साउनमा गर्ने निर्णय भएको छ । अखिल (समाजवादी) बर्दियाका अध्यक्ष कोपिला सीको अध्यक्षतामा बबई बहुमुखी क्याम्पस गुलरियामा आईतवार बसेको दोस्रो पूर्ण बैठकले यस्तो निर्णय गरेको हो ।

 

बैठकले शैक्षिक रुपान्तरण तथा संगठन सुदृढ अभियानलाई भब्यतापूर्बक सम्पन्न गर्ने, स्थानीय तह र जिल्ला समन्वय इकाईमा समसामयिक शैक्षिक सवालबारे मागपत्र पेस गर्ने र प्रत्येक महिनाको पहिलो शुक्रबार सृजनात्मक क्रियाकलाप गर्ने निर्णय गरेको छ ।

 

बैठकलाई नेकपाका केन्द्रीय सदस्य तथा बर्दिया जिल्ला इन्चार्ज हिमशिखरले सम्वोधन गर्दै देश परिवर्तनको मुख्य जिम्मेवारी युवा विद्यार्थीको काँधमा आएको बताउनुभयो ।

 

उहाँले नेपालमा दलाल संसदीय व्यवस्था पूर्ण असफल भएको ठोकुवा गर्दै त्यसको विकल्पमा नेपाली विशेषताको समाजवाद आवश्यक भएको बताउनुभयो ।

नेता हिमशिखरले नेपाली विशेषताको समाजवाद ल्याउने अभियानमा युवा विद्यार्थीहरु एकताबद्ध भएर लाग्नु पर्ने विचार राख्नु भयो ।

 

बैठकले संगठनलाई ब्यबस्थित परिचालन गर्न र आगामी योजनालाई प्रभावकारी लक्ष्य हासिल गर्न जिल्ला समितिको कार्य बिभाजन समेत गरेको छ ।

 

जस अनुसार बबई बहुमुखी क्याम्पस कोपिला सी र पारस सी, चुरे क्याम्पस संगीता सी, बर्दिया क्याम्पस पुनम सी र सानू सी, अमर सहिद दशरथ क्याम्पस राजापुर आर एन सी, शारदा क्याम्पस मैनापोखर सुस्मिता सी, नेरा मावी ढोडरी संदिप सी, त्रिभुवन मावी रबिना सी र चुरे मावी बग्नाहमा कमल सी रहेका छन् ।

 

बैठकमा विद्यार्थीका लुम्बिनी प्रदेश इन्चार्ज मदन सी, सह-इन्चार्ज विज्ञान सी, जिल्ला इन्चार्ज हरि सी, केन्द्रीय सदस्य तथा छात्रा बिभाग प्रदेश इन्चार्ज संगीता सी र बाँके जिल्ला अध्यक्ष सागर सीको पनि उपस्थिति रहेको थियो ।

 

Post navigation

नेकपाको दवावपछि कार्यलय छाडेर भागे लघुवित्तका कर्मचारी
युवा संगठन गण्डकीले मुख्यमन्त्रीलाई बुझायो १० हजार हस्ताक्षर

ताजा खबर

  • वैकल्पिक शक्तिबीच शृंखलाबद्ध संवाद एउटै पार्टी बनाउने, नभए सहकार्य २१ जेष्ठ २०८१, सोमबार ०८:१५
  • इजरायल-हमास : शान्ति सम्झौताको मियो बने ट्रम्प २१ जेष्ठ २०८१, सोमबार ०८:१५
  • मणिपालदेखि गण्डकी मेडिकलसम्म नर्सहरूको आन्दोलन, स्वास्थ्य सेवा प्रभावित २१ जेष्ठ २०८१, सोमबार ०८:१५
  • सर्वोच्च अदालतमा मंगलबारदेखि रिट दर्ता खुल्ने २१ जेष्ठ २०८१, सोमबार ०८:१५
  • नेकपा केन्द्रीय समितिको आकस्मिक बैठक आज बस्दै २१ जेष्ठ २०८१, सोमबार ०८:१५

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2025 janabani.com
Developed by: 9849815297