जनवाणी
प्रकाशित मिति : सोमबार, जेष्ठ २१ २०८१
काठमाडौं – नागरिक उड्यन प्राधिकरणले बरिष्ठ पाइलट विजय लामासहित दुई जनालाई कारवाही गरेको छ । उड्डयन क्षेत्रको नियामक निकाय प्राधिकरणले नेपाल एयरलाइन्सका पाइलटहरू विजय लामा र भावना पन्तलाई ‘एक्टिभ ड्युटी’ बाट हटाएर कारवाही गरेको हो
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरक्षा प्रावधान उल्लंघन गरेको भन्दै प्राधिकरणले उनीहरूलाई अनुसन्धान अवधिभरिका लागि निलब्वन गरेको हो । नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले दुवै पाइलटलाई रोस्टरबाट हटाउनू भन्ने निर्देशन प्राधिकरणबाट आएको बताए ।
पन्त न्यारो बडी जहाज ‘एयरबस ३२०’ उडाउने क्याप्टेन हुन् भने लामा वाइड बडी जहाज ‘एयरबस ३३०’ जहाज उडाउने क्याप्टेन हुन् ।