Skip to content
  • २८ असार २०८२, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

भारतमा लोक सभा निर्वाचनको मतगणना आज, यी भीआईपी सिटमा हुनेछ चासो

२२ जेष्ठ २०८१, मंगलवार ०९:१४
जनवाणी संवाददाता

जनवाणी

२२ जेठ, काठमाडौं । भारतको १८औं लोक सभा निर्वाचनको मतगणना आजदेखि सुरु हुँदै छ ।

मतगणना स्थानीय समय अनुसार बिहान ८ बजेदेखि सुरु भएको निर्वाचन आयोगले जनाएको छ । लोक सभाका ५४२ सिटको नतिजालाई निकै चासोका साथ हेरिएको छ ।

लोक सभा निर्वाचनमा भाजपा नेतृत्वको एनडीए गठबन्धन र कांग्रेस नेतृत्वको इन्डिया गठबन्धन मुख्य प्रतिस्पर्धामा छन् ।

निर्वाचन सकिएलगत्तै सार्वजनिक भएका मत सर्वेक्षणमा यसपटक पनि भाजपाको एनडीए गठबन्धनले बहुमत हासिल गर्ने देखिएको छ । मत सर्वेक्षणअनुसारकै नतिजा निस्किएमा नरेन्द्र मोदी तेस्रो कार्यकाल प्रधानमन्त्री बन्ने छन् ।

बहुमतका लागि २७२ सिट ल्याउनुपर्ने हुन्छ । तर, मत सर्वेक्षणको अनुमानमा एनडीए गठबन्धनले २८१ देखि ४०१ सिटसम्म ल्याउने देखाइएको छ । विपक्षी गठबन्धनले १०७ देखि २०१ सिटसम्म ल्याउन सक्ने उल्लेख छ 

गत १६ मार्चदेखि सुरु भएको लोक सभाको निर्वाचनको प्रक्रिया पूरै ४६ दिनसम्म चलेको थियो । मतदान १९ अप्रिलदेखि १ जुनसम्म सात चरणमा सम्पन्न भएको थियो ।

निर्वाचन आयोगका अनुसार सबैभन्दा पहिले पोस्टल ब्यालेटका भोट गणना हुनेछ । पोस्टल ब्यालेटमा पनि पहिलो चरणमा सेना, प्यारामिलिट्री, फोर्सका जवान र अधिकृतहरुले खसालेको भोट गणना हुने छ । त्यसपछि इलेक्ट्रोनिक विद्युतीय मेसिनबाट भएको मतदानको गणना हुने छ ।

भोट सुरु भएको चार घण्टापछि प्रारम्भिक रुझान सार्वजनिक हुने छ । अन्तिम नतिजा आजै बेलुका ६ बजेभित्र सार्वजनिक हुने निर्वाचन आयोगले जनाएको छ ।

लोकसभाको नतिजासँगै आजै आन्ध्रप्रदेश र ओडिसा विधानसभा निर्वाचनको नतिजा पनि सार्वजनिक हुने छ । यसअघि विधानसभाका अरुणाचल र सिक्किमको नतिजा सार्वजनिक भइसकेको छ । अरुणाचलमा भाजपा र सिक्किममा प्रेम सिंह तामाङ नेतृत्वको सिक्किम क्रान्तिकारी मोर्चा अत्यधिक बहुमतका साथ विजयी भइसकेका छन् ।

यी भीभीआईपी सिटमा छ चासो

लोक सभा निर्वाचनको नतिजामा प्रधानमन्त्री नरेन्द्र मोदीको वाराणसी (उत्तरप्रदेश) निर्वाचन क्षेत्र, राहुल गान्धीको वायनाड (केरला) र रायबरेली (उत्तरप्रदेश), गृहमन्त्री अमित शाहको गान्धीनगर (गुजरात) लगायतका क्षेत्रमा बढी चासो छ ।

यसैगरी ज्योतिरादित्य सिन्धियाको गुना (मध्यप्रदेश), शिवराज सिंह चौहानको विदिशा (मध्यप्रदेश), दिग्विजय सिंहको राजगढ (मध्यप्रदेश), कंगना रनौतको मण्डी (हिमाचल प्रदेश)मा चासो छ ।

यसैगरी स्मृति इरानीको अमेठी (उत्तरप्रदेश), महबुबा मुफ्तीको बारामुला-राजौरी (जम्मु-कश्मीर), पवन सिंहको काराकट (बिहार) सिट, प्रज्वल रेवन्नाको हासन (कर्नाटक) र ओवैसीको हैदराबाद सिटमा चासो रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

गुजरातको सुरत सिटमा भने पहिले नै भाजपाका उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् ।

मतगणनाको क्रममा हिंसात्मक घटना हुनसक्ने भन्दै सुरक्षा व्यवस्था कडा पारिएको छ ।

Post navigation

बरिष्ठ पाइलट विजय लामा निलम्वन
भारतमा पाँच राज्यमा बीजेपीलाई झट्का

ताजा खबर

  • काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत परियारलाई २५ हजार धरौटीमा छाड्न आदेश २२ जेष्ठ २०८१, मंगलवार ०९:१४
  • संयुक्त बिरोध प्रदर्शन प्यालेस्टाइनमाथी साम्राज्यवादी आक्रमणविरुद्ध हुँदै २२ जेष्ठ २०८१, मंगलवार ०९:१४
  • मधेश एक दिन नेपालबाट अलग हुनेछजसपा नेता यादवको आपत्तीजनक अभिव्यक्ति २२ जेष्ठ २०८१, मंगलवार ०९:१४
  • नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ। २२ जेष्ठ २०८१, मंगलवार ०९:१४
  • ९ महिनापछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै २२ जेष्ठ २०८१, मंगलवार ०९:१४

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2025 janabani.com
Developed by: 9849815297