जनवाणी
काठमाण्डाै – नेपाल पेट्राेलियम ट्याङ्कर चालक सङ्घ र सरकारबीच सहमति भएकाे छ । आज उद्याेग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएकाे छलफलमा सहमति जुटेकाे हाे ।
छलफलमा सङ्घले उठाएका मागहरू सम्बोधन गर्न समिति गठन गर्ने सहमति भएकाे छ । याे समितिले सङ्घले उठाएका मागबारे अध्ययन गरेर प्रतिवेदन पेश गर्नेछ ।
पेट्राेलियम ट्याङ्कर चालक सङ्घ, मन्त्रालय र नेपाल आयल निगमबीच सहमति भएसँगै आजैदेखि पेट्राेलियम पदार्थकाे आपूर्ति आजैदेखि शुरु भएको निगमले जनाएकाे छ ।
सङ्घले चालक, सहचालकलाई श्रम ऐनअनुसार तलब, जोखिम भत्ताको व्यवस्थालगायत सात बुँदे माग राखेर हिजाेदेखि थानकोट डिपोबाट इन्धन उठाएका छैनन् । ट्याङ्कर व्यवसायीका विभिन्न सङ्घ/संस्थाको आन्दोलनका कारण आज बिहानैदेि काठमाण्डौ उपत्यकामा पेट्रोल–डिजेलको अभाव भएको थियाे।