काठमाण्डौं – जनवाणी गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीको आरोप लागेका जीबी राई मलेसियामा भएको पत्ता लागेको बताएका छन् । बिहीबार  चितवन पुगेका लामिछानेले पत्रकारसँग कुराकानी गर्दै दाइको लोकेसन पत्ता लागेको र उनलाई नेपाल ल्याउने तयारी भइरहेको बताएका हुन् । 

मन्त्री लामिछानेले राईको मलेसियास्थित लोकेसन कन्फर्म गरिएको दाबी गरेका छन् । ‘उनी कहाँ छन् भन्ने कुरा जानकारी भइसक्यो,’ गृहमन्त्री लामिछानेले भने, ‘मलेसियाको गृहमन्त्रीसँग पनि मेरो कुराकानी भएको छ अब छिटै ल्याउछौ ।