काठमाण्डाै – पहिरोले पाँच घण्टा अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडक खण्ड आज बिहान देखि शुचारु भएकाे छ ।

मुग्लिन-नारायणगढ सडक खण्ड अन्तर्गत सिमलतालमा गएराति पहिरो खस्दा अवरुद्ध भएको सडक बिहान साढे पांच बजेदेखि दुइतर्फी खुलेको हाे ।

सडक अवरुद्ध हुँदा सयौं गाडिहरु रोकिएका थिए । शुचारु भएपछि गाडीहरु गन्तव्यतर्फ लागेको मुग्लिन प्रहरीले जानकारी दिएको छ ।