Skip to content
  • २८ असार २०८२, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

प्रधानमन्त्री र मन्त्री पदमा अल्झिनु हुदैन  : कोइराला

१९ असार २०८१, बुधबार १०:०३
जनवाणी संवाददाता
जनवाणी
१९ असार २०८१, बुधबार 

 काठमाडौं – नेपाली कांग्रेसका प्रभासालि नेता डा. शेखर कोइरालाले नयाँ सरकार बनाउन हिजो सहमति गरेका दुईवटै दलले पहिला को प्रधानमन्त्री बन्छ भन्ने कुरामा अल्झिन नहुने  बताउनु भएको छ ।

वीरगन्जमा मंगलबार स्वर्गीय गिरिजाप्रसाद कोइरालाको सालिक अनावरण समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले दुई पार्टीबिच भएको सहमतिलाई ‘सिरियस’रूपमा लिनुपर्ने बताएका हुन् । उनले आपसी सहमतिलाई गम्भीरताका साथ पालना गर्न आग्रह गरे ।

उनले भने, ‘अहिलेको देशको परिस्थिति जटिल छ, त्यसकारण प्रधानमन्त्री को पहिला बन्छ ? को मन्त्री बन्छ भन्ने कुरा अलमलिनु जरुरी छैन । यसैमा अहिले अल्झियो भने समस्या हुन्छ । जे सहमति भएको छ, त्यो पालना गरेर सबैले अगाडि बढेमा मात्र सफलता मिल्छ ।’

उनका अनुसार देशमा अहिलेको आवश्यकता पार्टी भन्दामाथि उठेर राष्ट्रलाई सम्झिनुपर्ने बेला आएको छ । त्यसकारण कांग्रेस–एमालेसहितका दलहरूले आफ्नो ढिपी कसेर बस्नुभन्दा पनि पार्टी भन्दामाथि उठेर राष्ट्रलाई प्राथमिकतामा राख्न उनको सुझाव छ ।

पछिल्लो समय मुलुकमा राजनीतिज्ञहरू, कर्मचारीतन्त्र र व्यवसायीहरूको मिलेमतोमा देशलाई अप्ठ्यारो अवस्थामा पारेको उनले आरोप लगाए । देशकै सचिव, राजनीतिज्ञ, व्यापारीसहितका उच्च सरकारी अधिकारीहरूमाथि लागेको भ्रष्टाचारको मुद्दाले नै त्रिपक्षीय मिलेमतोमा देशमा भ्रष्टाचार भइरहेको पुष्टि गरेको स्पष्टोक्ति छ ।

नयाँ बनेको गठबन्धनले लुटतन्त्र मच्चाउने कर्मचारी, राजनीतिज्ञ र व्यवसायीहरूबिचको ‘नेक्सस’लाई तोड्न जरुरी रहेको उनको भनाइ छ । योसँगै वर्तमान गठबन्धनले संविधान सुधार, सुशासन, भ्रष्टाचार नियन्त्रण र आम जनतालाई राहत दिने कुराहरूमा ध्यान दिन सुझाव दिँदै उनले कांग्रेस र एमालेबिच भएको सहमति गाउँ गाउँसम्म पुर्‍याउन नेता कार्यकर्ताहरूलाई निर्देशन दिए ।

Post navigation

प्रधानमन्त्री प्रचण्डलाई एमालेको आग्रह राजिनामा दिएर मार्ग प्रसस्त गर्नुहोस्
सरकारलाई दिएको समर्थन फिर्ता राष्ट्रिय सहमतिको सरकार गठनका लागी : ओली

ताजा खबर

  • काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत परियारलाई २५ हजार धरौटीमा छाड्न आदेश १९ असार २०८१, बुधबार १०:०३
  • संयुक्त बिरोध प्रदर्शन प्यालेस्टाइनमाथी साम्राज्यवादी आक्रमणविरुद्ध हुँदै १९ असार २०८१, बुधबार १०:०३
  • मधेश एक दिन नेपालबाट अलग हुनेछजसपा नेता यादवको आपत्तीजनक अभिव्यक्ति १९ असार २०८१, बुधबार १०:०३
  • नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ। १९ असार २०८१, बुधबार १०:०३
  • ९ महिनापछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै १९ असार २०८१, बुधबार १०:०३

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2025 janabani.com
Developed by: 9849815297