Skip to content
  • २८ असार २०८२, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

त्रिविमा स्ववियु निर्वाचन आगामी फागुन १५ गते हुनेे

२९ असार २०८१, शनिबार १३:४७
जनवाणी संवाददाता

 

 
  जनवाणी संवाददाता
शनिबार, २९ असार २०८१

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी फागुन १५ गते गर्ने भएको छ । त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले २०८१ सालको शैक्षिक क्यालेन्डर स्वीकृत गर्दै स्ववियु निर्वाचन २०८१ फागुन १५ गते स्ववियु निर्वाचन गर्ने समेत निर्णय गरेको हो । 

शैक्षिक क्यालेन्डरमा नै स्ववियु निर्वाचनको मिति तोकेको हो । त्यस्तै अर्को निर्वाचन २०८३ को फागुन १४ गते हुनेछ । 

यसअघि २०७९ चैत ५ गते स्ववियु निर्वाचन गरेको थियो । चैत ५ गते त्रिविका ६२ वटा आंगिक क्याम्पसहरूमध्ये उक्त दिन ४४ मा निर्वाचन भएको थियो । केही आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा पछि समेत निर्वाचन भएको थियो । लामो समयपछि त्रिविले स्ववियु निर्वाचन गराउन सफल भएको थियो । 

हरेक दुई वर्षमा स्ववियु निर्वाचन गराउनुपर्ने त्रिविको कानुनी प्रावधान छ । तर लामो समयदेखि निर्वाचन हुने सकेको थिएन । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै निर्वाचनका लागि ग्रिन सिग्नल दिएपछि २०७९ मा निर्वाचन सम्पन्न भएको थियो । 

 

Post navigation

शीतल निवास पुगे प्रचण्ड पदमुक्त भएसँगै राष्ट्रपतिलाई भेट्न
पूर्व राष्ट्रपति ट्रम्पमाथिको आक्रमणबारे बोले बाइडेनले राष्ट्रका नाममा सम्बोधन

ताजा खबर

  • काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत परियारलाई २५ हजार धरौटीमा छाड्न आदेश २९ असार २०८१, शनिबार १३:४७
  • संयुक्त बिरोध प्रदर्शन प्यालेस्टाइनमाथी साम्राज्यवादी आक्रमणविरुद्ध हुँदै २९ असार २०८१, शनिबार १३:४७
  • मधेश एक दिन नेपालबाट अलग हुनेछजसपा नेता यादवको आपत्तीजनक अभिव्यक्ति २९ असार २०८१, शनिबार १३:४७
  • नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ। २९ असार २०८१, शनिबार १३:४७
  • ९ महिनापछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै २९ असार २०८१, शनिबार १३:४७

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2025 janabani.com
Developed by: 9849815297