Skip to content
  • १९ जेष्ठ २०८३, मंगलवार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

साम्यवादी सत्ताको जग माल्कोट हो : प्रकाण्ड

१३ श्रावण २०८१, आईतवार २१:२६
जनवाणी संवाददाता
 

 

कालिकोट  – नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले कालिकाट जिल्ला र सी गाउँ माल्कोट साम्यवादी सत्ताको जग भएको ठोकुवा गरेका छन् ।
नेकपा कालिकोटले माल्कोटको सेरापाटामा आयोजना गरेको जनसभालाई आइतबार सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले कालिकोट र माल्कोट भनेको साम्यवादी सत्ताको जग भएको ठोकुवा गरेका हुन् ।
उनले नेपालको सामन्तवादी राजतन्त्रात्मक सत्ता र गणतन्त्रपछिको दलाल सत्ताका विरुद्ध कालिकोटको माल्कोटी जनताले ऐतिहासिक संघर्ष गरेको भन्दै मुक्तकण्ठले प्रशंसा गरे ।
उनले कालिकोटे र माल्कोटी जनतालाई जनयुद्ध देखि एकीकृत जनक्रान्तिमा ठुलो बलिदान गरेको भन्दै विशेष धन्यवाद दिए । माल्कोटी जनताले जनयुद्धमा जनदमन गर्न गाँउमा आएको प्रहरी विरुद्ध प्रतिरोध गरी हतियार खोसी पार्टीलाई समेत बुझाउने सम्मको काम गरेका थिए । यो ठुलो प्रतिरोध थियो । यस्तै एकीकृत जनक्रान्तिमा पनि चुनाव वहिष्कारमा पहिलो धनवहादुर बटालाको पहिलो बलिदान भएको थियो । जसले गर्दा माल्कोट निकै संघर्षको भूमि पनि हो ।
प्रवक्ता प्रकाण्डले भने ‘कालिकोट र माल्कोटको जनताको सामान्य संघर्ष छैन, यहाँका जनताको ठुलो बलिदान छ, कालिकोट र माल्कोट भनेको साम्यवादी सत्ताको जग हो । यहाँका जनताले राज्यले समेत गर्न नसकेको काम सडक निर्माण समेत गरेका छन । तपाई यहाँको जनता विशेष धन्यवादको पात्र हुनुहुन्छ ।’
उनले संघर्ष विना समाज परिर्वतन नहुने जिकिर गर्दै समग्र कालिकोट र माल्कोटको जनतालाई दलाल सत्ताको अत्याचारका विरुद्ध संघर्ष गरिरहन अपिल गरे ।
‘हाम्रो पार्टी जनताको पार्टी हो,जनताको सत्ता नआउदा सम्म नेपाल कम्युनिष्ट पार्टी संघर्ष गरिरहन्छ, यो पार्टीको संघर्षको जीवन हो’ प्रवक्ता प्रकाण्डले भने ।
उनले नेपालमा दलाल पुँजीवादी सत्ता र समाजवादी सत्ता बिचको अन्तरविरोध र संघर्ष चलेको बताए । प्रवक्ता प्रकाण्डले भने ‘एउटा शोषक वर्ग दलाल पुँजीवादी सत्ता संरक्षणमा लागेको छ, अर्को उत्पीडित श्रमजीवी वर्ग समाजवाद ल्याउन चाहिरहेको छ । यो वर्गीय संघर्ष हो । वर्गीय लडाई हो । हामी श्रमजीवी,किसान,मजदुर वर्गको पक्षमा निरन्तर लाग्ने छौ । कुनै पनि हालतमा जनताको मुक्तिको संघर्षलाई नेकपाले छोड्नेवाला छैन । तपाईहरु पनि आफ्नो संघर्ष जारी राख्नु होस ।’
प्रवक्ता प्रकाण्डले आफ्नो पार्टीले देशभर कृषि क्रान्ति गरिरहेको बताए । उनले पार्टीले देशभर करिव ३ सय विगाह क्षेत्रफलमा धान रोपाई गरिरहेको बताए । उनले भने ‘नेपालमा कृषि उत्पादनमा कोही छ त नेकपा छ, यसले आफ्नै उत्पादनमा जाजरकोटका भूकम्प पीडितलाई समेत १०० वोरा चामल राहत पठाएको छ, यसले दलाल पुँजीवादी सत्तामा भुकम्प गएको छ । हामी देशलाई,जनतालाई र पार्टीलाई आत्मनिभर वनाउन चाहान्छौ । यो देशमा समाजवादी अभ्यास गर्न चाहान्छौ र गरिरहेका पनि छौ ।’
‘नेपालमा दलाल पुँजीवादी सत्ता पूर्ण असफल भएकोछ ,यसको विकल्पमा समाजवाद चाहिन्छ’ उनले भने, ‘नेपालमा खान पाउने, रोजगारी पाउने, वस्न पाउने, स्वास्थ्य उपचार पाउने र शिक्षा निशुल्क पाउने समाजवादी व्यवस्था चाहिन्छ, नेपालमा नेपाली विशेषताको समाजवाद अहिलेको निकास हो । समाजवादका लागि सबै माओवादी कम्युनिष्ट तथा प्रगतिशील देशभक्त शक्ति एकहुनपर्छ ।’
उनले आफू लामो समय देखि विरामी हुदा दलाल तथा साम्राज्यवादीहरु खुसी हुन खोजेकाले स्वास्थ्यमा राम्रो सुधार नभएपनि पार्टीकाममा लागेको बताए । जनता र पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरुमा साम्राज्यवादी तथा दलालहरुले प्रकाण्ड कहिल्यै पनि राजनीतिमा नर्फिने गरी सञ्चो नहुने गरी विरामी भएको भनेर निरासा फैलाउने खालको भ्रम छरेको पनि टिप्पणी गरे ।
उनले फेरी पनि कालिकोट र माल्कोटवासी जनताको संघर्ष राष्ट्रिय स्वाधीनताको रक्षा र जनताको मुक्तिसंग जोडिएको भनाई राखे । प्रवक्ता प्रकाण्डले जनताले खनेको खुलालु –लालु –लैफु सडकको निर्माण कार्यलाई नेकपाले निरन्तरता दिने पनि उद्घोष गरे ।
कार्यक्रममा नेकपाका केन्दीय सदस्य तथा कालीकोट जिल्ला इन्चार्ज विवेक सी, केन्द्रीय सदस्य तथा सडक निर्माण समिति संयोजक अविचल सी, केन्द्रीय सदस्य अर्जुन सी, पार्टी केन्दीय सदस्य तथा युवा संगठन नेपालका केन्दीय अध्यक्ष दिनेश सी, पाटी केन्द्रीय सदस्य तथा दैलेख जिल्ला इन्चार्ज कलम सी, केन्दीय प्रतिनिधि सदस्य समग्र सी,भूकम्प सी, रमेश सी, शाहासी सी, महान सहिद कोपिला र योद्धाका बुवा पहले सी लगायतका अतिथिहरुको सहभागिता रहेको थियो ।
नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला सचिव बलमान सीको अध्यक्षतामा सम्पन्न जनसभाको संचालन पाटी केन्दीय सदस्य तथा पचालझरना गाउँ कमिटी इन्चार्ज रणदिप सीले गरेका थिए । जनसभामा सी गाँउवासी माल्कोटका जनताको उल्लेखिय सहभागिता रहेको थियो भने उनीहरु निकै खुसी भएर फर्किएका थिए ।

Post navigation

सांसदबाट दुई तिहाइ विश्वासको मत पाए प्रधानमन्त्री ओलीले
वेतनकर्णाली जलविद्युत आयोजना निर्माणमा तीव्रता दिन नेकपाको माग










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ १३ श्रावण २०८१, आईतवार २१:२६
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो १३ श्रावण २०८१, आईतवार २१:२६
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने १३ श्रावण २०८१, आईतवार २१:२६
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै १३ श्रावण २०८१, आईतवार २१:२६
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु १३ श्रावण २०८१, आईतवार २१:२६

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297