Skip to content
  • ५ बैशाख २०८३, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

वेतनकर्णाली जलविद्युत आयोजना निर्माणमा तीव्रता दिन नेकपाको माग

१६ श्रावण २०८१, बुधबार १९:००
जनवाणी संवाददाता
 
२०८१ साउन १५

काठमाडौ-नेपाल कम्युनिस्ट पार्टीले अछामको ढकारी गाउँपालिका र सुर्खेतको चौकुने गाउँपालिकाको बीच भागमा रहेको कर्णाली नदीमा निर्माण हुन लागेको बेतन कर्णाली जलविद्युत आयोजना निर्माणको कामलाई तीव्रता दिन अनुरोध गरेको छ।मङ्गलबार नेकपा सुदुरपश्चिम प्रदेश इन्चार्ज एवम् स्थायी समिति सदस्य भरत सी (रणबीर)नेतृत्वको टोलिले आयोजनाका प्रमुख कृष्ण आचार्यसङ्ग छलफल गरि आयोजना निर्माणमा ढिलाइ नगर्न आग्रह गरेको हो।

करिब ४ हजार ३९ मेगावाट क्षमताको उक्त आयोजना निर्माणका लागि बेतन कर्णाली हाइड्रोपावर कम्पनीले जिम्मा लिएको भएपनि कामको प्रगती विवरण संतोषजनक रूपमा अगाडि नबढेको स्थानीयको गुनासोका आधारमा नेपाल कम्युनिस्ट पार्टीले आफ्नो ध्यानाकर्षण भएको भन्दै निर्माण कम्पनीलाई समयमै काम सक्न र स्थानीय नागरिकका सरोकारहरुको सम्बोधन गर्न माग समेत गरेको छ।

छलफलको क्रममा नेकपा नेता रणबीरले बेतनकर्णाली जलविद्युत आयोजना जनता, कर्मचारी कल्याण कोष लगायत स्वदेशी लगानीमा निर्माण गर्न खोजिएको जनपक्षीय आयोजना भएकोले आफुहरु तीव्रतापुर्वक काम अगाडि बढाउन सहयोग गर्न तयार रहेको भन्दै `नेपालको पानी, जनताको लगानी´ भन्ने नाराको अभिव्यक्तिको रूपमा बेतन कर्णाली आयोजना रहेको बताए।

नेपालमा जलविद्युत आयोजनामा संलग्न निर्माण कम्पनीहरुले निर्माण अनुमति लिने तर लगानी जुटाउन नसक्ने लगायत विभिन्न बहानामा झोलमा खोला हाल्ने समस्या रहेको आम गुनासोका बीच कतै बेतन कर्णाली आयोजना पनि त्यस्तै त हुने होईन भन्ने सर्वसाधारणको शङ्का छ।

कुराकानीको क्रममा नेता रणबीरले स्थानीय जनताको रोजगारी, उनिहरुको शेयरको सुनिश्चितता,मुआब्जाको उत्पादनशील कार्यमा परिचालनको व्यवस्था लगायतका बिषयमा सहि नीतिगत व्यवस्था गरिनुपर्ने समेत बताए ।

त्यस्तै आयोजनाका प्रमुख कृष्ण आचार्यले कम्पनीले प्राबिधिक र बित्तीय व्यवस्थापनको काम पुरा गरिसकेको,सरकारबाट निर्माण अनुमति दिने कुरा अगाडि बढ्ने बित्तिकै मुआब्जा बितरण र निर्माणको काम प्रारम्भ गरिने बताए ।

कुराकानीको क्रममा उनले बेतन कर्णाली आयोजनामा स्थानीय जनताबाट निकै राम्रो सहयोग प्राप्त भैरहेको भएपनि कतिपय कानुनी र प्रक्रियागत रूपमा झण्झटिलो व्यवस्थाका कारणले केही ढिलाइ भएको समेत बताए।

आयोजनाको केन्द्रिय कार्यालय दरबार मार्गमा भएको छलफलमा नेकपा केन्द्रिय सदस्य तथा अछाम इन्चार्ज मिना सी -सरिता,जनपत्रकार संगठन नेपालका अध्यक्ष शेरबहादुर विश्वकर्मा,स्थानीयहरु पुर्ण भण्डारी, कमल बिश्वकर्मा लगायतको सहभागिता रहेको थियो

Post navigation

साम्यवादी सत्ताको जग माल्कोट हो : प्रकाण्ड
सामूहिक बलात्कारको आरोपमा ३ जना विद्यार्थी पक्राउ










 

 

 

 

ताजा खबर

  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो १६ श्रावण २०८१, बुधबार १९:००
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने १६ श्रावण २०८१, बुधबार १९:००
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै १६ श्रावण २०८१, बुधबार १९:००
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु १६ श्रावण २०८१, बुधबार १९:००
  • श्रीमतीसहित घरदैलोमा धनराज शाही, काठमाडौँ–१ मा चुनावी अभियान तीव्र १६ श्रावण २०८१, बुधबार १९:००

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2026 janabani.com
Developed by: 9849815297