Skip to content
  • २८ असार २०८२, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

सांसद सोविता गौतममाथि आफ्नै निर्वाचन क्षेत्रमा दुर्व्यवहार

२२ श्रावण २०८१, मंगलवार ०६:४२
जनवाणी संवाददाता

 

काठमाडौँ –  सांसद सोविता गौतमले आफूमाथि दुर्व्यवहार भएको भन्दै सोमबारको प्रतिनिधिसभा बैठकमा सरकारको ध्यानाकर्षण गराएकी छन् । आइतबार आफ्नो निर्वाचन क्षेत्रको बाढी पहिरो निरीक्षण गर्न जाने क्रममा दुर्व्यवहार भएको भन्दै यसबारे सरकारको गम्भीर ध्यानाकर्षण हुनुपर्ने बताइन् ।

आइतबार साँझ म आफ्नो निर्वाचन क्षेत्रमा पर्ने बाढी पहिरो अवलोकन गर्न जाँदै थिएँ । त्यसक्रममा कागेश्वरी मनहरा ६ मा रहेको मनकामना टोलमा पुगेँ । मुलपानी क्रिकेट स्टेडियमबाट अपोजिट साइडमा रहेको डाँडातिर एउटा मन्दिरजस्तो छ ।

त्यो मन्दिरको मुनितिर एउटा घर र चिया पसल छ । त्यो कटेपछि गाउँ समाज छ । म त्यहाँ जाँदै सुरुमा मलाई पहिरो देखाउन केही स्थानीयहरू चिया पसलमा कुरेर बस्नुभएको थियो । त्यसपछि हामी त्यो पहिरो भएको ठाउँमा पुग्यौ । र, त्यहाँबाट फर्केर आउने क्रममा त्यो चिया पसलमा १५,२० जना मानिस जम्मा भइसक्नुभएको थियो । ती साथीहरू सामान्य अवस्थामा हुनुहुन्थेन ।

उहाँहरू कोही गाँजाको नसामा लट्ठ र कोही रक्सीले मात्तिएको अनि कोही सामान्य अवस्थामा पनि हुनुहुन्थ्यो । म त्यहाँ आइपुग्दा एकाएक उहाँहरूले घेर्न थाल्नुभयो र तपाई बुढो मान्छे भएको ठाउँमा मात्र जाने ? भन्दै प्रश्न गरियो । र चक्रव्यूह रचियो, घेरियो अनि मुख छाडियो ।

मैले कुरा राख्नुस् भनेर निवेदन गर्दै थिएँ तर ‘तैँले निर्वाचन क्षेत्रमा के गरिस् भनेर फोहोरी शब्दहरू प्रयोग गरेर आक्षेप लगाउने काम भयो । त्यसपछि मलाई अलि चुनौती फिल भएर चिया पसलतर्फ गएँ तर कतिले भिडियो उतार्नुभयो । मलाई दुर्व्यवहार गर्ने शैलीमा । त्यसपछि मेरो स्वकीय सचिवले बौद्धको डीएसपीलाई घटनाबारे जानकारी पनि गराउनुभएको छ । तर घर गएपछि भिडियो हेर्दा मेरो मात्र भिडियो पोस्ट गरिएको रहेछ ।

त्यो व्यक्तिको प्रोफाइल हेर्दा कुनै एउटा राष्ट्रिय दलको सङ्गठनको साथी भएको पाइयो । विवादमा पार्ने हिसाबले एउटी महिलालाई यसरी बाटो ढुकेर यस्तो व्यवहार गर्ने हो भने अब म आफ्नो निर्वाचन क्षेत्रमा जाँदा पनि चौतारो हेर्दै हिँड्नुपर्ने हो ? सरकारले सुरक्षा चुनौतीका बारेमा सोच्ने कि नसोच्ने ? यस्ता गम्भीर विषयलाई सरकारले ध्यान दिन जरुरी छ ।

 

Post navigation

देश छाेडिन् प्रधानमन्त्री हसिनाले
आन्दोलनमा उत्रिने मोर्चाको चेतावनी कुलमानमाथि प्रतिशोधपूर्ण कारबाही गरिए

ताजा खबर

  • काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत परियारलाई २५ हजार धरौटीमा छाड्न आदेश २२ श्रावण २०८१, मंगलवार ०६:४२
  • संयुक्त बिरोध प्रदर्शन प्यालेस्टाइनमाथी साम्राज्यवादी आक्रमणविरुद्ध हुँदै २२ श्रावण २०८१, मंगलवार ०६:४२
  • मधेश एक दिन नेपालबाट अलग हुनेछजसपा नेता यादवको आपत्तीजनक अभिव्यक्ति २२ श्रावण २०८१, मंगलवार ०६:४२
  • नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ। २२ श्रावण २०८१, मंगलवार ०६:४२
  • ९ महिनापछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै २२ श्रावण २०८१, मंगलवार ०६:४२

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2025 janabani.com
Developed by: 9849815297