काठमाडौं – काठमाडौंमा जारी अखिल क्रान्तिकारीको २३ औं सम्मेलनमा उमेर हद, विधान र प्रतिवेद पारितलगायतका विषयमा विवाद सिर्जना भएपछि सम्मेलन अनिश्चितकालका लागि स्थगित गरिएको अध्यक्ष मण्डलले जानकारी गराएको छ ।
अध्यक्ष मण्डलले दशैंको सम्मुखमा सम्पूर्ण कार्यहरु सकेर निर्वाचनका सबै प्रक्रिया पूरा गर्न समय लाग्ने भएकाले सम्मेलन स्थगित गर्न उचित र श्रेयष्कर भएको निष्कर्षसहित हाललाई जारी सम्मेलन स्थगित गर्ने निर्णय भएको जनाइएको छ ।
सम्मेलन सुरु भइसकेपछि उमेर हदको विषय उठेपछि सम्मेलनमै विवाद, झडप निरन्तर भइरहेका थिए ।