काठमाडौं – तिलागुफा नगरपालिकाको पाचौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ । पालिकाको वडा न. ९ चिल्खाया सुरु भएको प्रतियोगिताको नगर प्रमुख शंकर प्रसाद उपाध्यायले उद्घाटन गरेका छन् ।
उक्त राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता उद्घाटन गर्दै नगरप्रमुख उपाध्यायले यो प्रतियोगिता स्वाछ, निस्पक्ष र मित्रतापूर्ण प्रतिस्पर्धा हुनेछ बताए । उनले खेलकुद राष्ट्रको गहना भएकाले यसलाई सरकारले सम्मान गर्नुपर्ने विचार व्यक्त गरेका थिए । रनिङ सिल्ड प्रतियोगितामा ईम्पायरहरुको निस्पक्ष निर्णयसङ्गै प्रतियोगी छात्र–छात्राहरुलाई उच्च मनोबलका साथ आफ्नो खेल कौसलता प्रस्तुत गर्न जितको सुझाव तथा शुभकामना दिए ।
रनिङ सिल्ड प्रतियोगिता चिल्खाया ९ का वडा अध्यक्ष नरेन्द्र रोकायाको अध्यक्षता, नगर प्रमुख शंकर प्रसाद उपाध्याय प्रमुख आतिथ्यमा, नगर उपप्रमुख महेन्द्र बहादुर शाही लगायतको आतिथ्यता रहेको थियो । सिल्डमा सम्पूर्ण ११ वटा माद्यामिक विद्यालयको उल्लेखनीय उपस्थिति रहेको छ ।