Skip to content
  • १९ जेष्ठ २०८३, मंगलवार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

सरकारले नेकपासँग गरेको तीन बुँदे सहमति कार्यान्वयन नगर्ने संकेत

९ पुष २०८१, मंगलवार ०७:४६
जनवाणी संवाददाता

काठमाडौँ – सरकारले नेकपासँग गरेको तीन बुँदे सहमति कार्यान्वयन नगर्ने संकेत गरेको छ। सरकारले केही राजनीतिक दलमाथि लागेका अभियोग र मुद्दा फिर्ता लिन मिल्ने गरि आएको कानून फिर्ता लिंदै सो संकेत गरेको हो । सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक ल्याएर राजनीतिक प्रकृतिका मुद्दामा मुद्दा फिर्ता लिने गरि कानून निर्माण गर्ने भन्दैअघि सारेको विधयेक प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समितिमा कानूनमन्त्री अजयकुमार चौरासियाले विधयेक फिर्ता लिने जानकारी गराएका छन् । कानूनमन्त्रीले विधयेक फिर्ता लिने जानकारी गराएपछि माओवादी केन्द्रले नोट अफ डिसेन्ट राखेको छ ।

नेकपासँग तत्कालीन सरकारले सम्झौता गर्दा नै विभिन्न मुद्दा फिर्ता लिने सहमति गरेको र शान्तिप्रक्रियामा रहेको स्थितिमा विधयेक फिर्ता लिने विषयलाई सहज मान्न नसकिने माओवादी केन्द्रको भनाई छ । माओवादी केन्द्रका सांसदहरुले आपत्ति जनाएपछि कानूनमन्त्री चौरासियाले पूर्वकानूनमन्त्रीले नै फिर्ता लिने भनेको विधयेक फिर्ता लिएको भन्दै राजनीतिक सहमतिको आधारमा नयाँ विषयमा जान सकिने बताए ।

नेकपाले पहिलेदेखि नै सरकारलाई तीन बुँदे पालना गर्न र आफ्ना नेता कार्यकर्तालाई छाड्न दबाब दिदै आएको थियो, भने सहमति कार्यान्वयन नहुने विषय मान्य नहुने बताइरहेको छ ।
सरकारको यस कार्यले तीन बुँदे सहमति गरेर शान्तिपूर्ण राजनीतिमा आएको नेकपा र अन्य समूहमाथिका मुद्दामा आरोप खेपिरहेका र जेलमा रहेकाहरुबारे अन्योलता सिर्जना भएको छ । यो विषयमा सरकारले छुट्टै व्यवस्था नगरेसम्मका लागि के होला भन्ने प्रश्न पनि उठेको छ ।

Post navigation

काठमाडौँ फर्किए प्रधानमन्त्री ओली चार दिने चीन भ्रमण सकेर
भिम रावललाई गर्यो एमालेले कारवाही, साधारण सदस्यबाट समेत हटायो










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ ९ पुष २०८१, मंगलवार ०७:४६
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो ९ पुष २०८१, मंगलवार ०७:४६
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने ९ पुष २०८१, मंगलवार ०७:४६
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै ९ पुष २०८१, मंगलवार ०७:४६
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु ९ पुष २०८१, मंगलवार ०७:४६

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297