Skip to content
  • १ माघ २०८२, बिहीबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

भिम रावललाई गर्यो एमालेले कारवाही, साधारण सदस्यबाट समेत हटायो

१० पुष २०८१, बुधबार २१:२६
जनवाणी संवाददाता

काठमाडौं – नेकपा एमालेको बुधबार बसेको सचिवालय बैठकले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय गरेको छ ।
यस्तै स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिना जिम्मेवारीबाट हटाएको छ ।

यस्तै एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । आगामी पुसको २१ र २२ गते बस्नेगरी बैठक बोलाइएको उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिएका छन् । बुधबार बसेको सचिवालय बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो । बैठकमा केन्द्रीय समितिका एजेन्डाहरूबारे पनि संक्षिप्त छलफल भएको छ ।

यस्तै एमालेले सरकारको समीक्षा गरेको छ । बुधबार बसेको सचिवालय बैठकले सरकारको समग्र समीक्षा गरेको हो । समीक्षामा विगत पाँच महिनाको अवधिमा सरकारले महत्त्वपूर्ण काम अघि बढेकोमा सन्तुष्टि व्यक्त गरेको छ । बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले आगामी दिनमा सरकारका काममा गति ल्याउनुपर्ने आवश्यकता बोध गरेको जानकारी दिए ।

अर्थतन्त्रमा सुधार आएको, सेयर बजार बढेको, संक्रमणकालीन विधेयक अघि बढेको, सरकारको बाह्य सम्बन्ध सञ्चालनमा सरकार सुधार भएको पनि एमालेको निष्कर्ष छ । त्यस्तै सहकारी ठगीमा सरकारले कसैको मुख नहेरी कारबाही प्रक्रिया अघि बढेकोमा पनि एमालेले सकारात्मक भनेको छ ।

Post navigation

सरकारले नेकपासँग गरेको तीन बुँदे सहमति कार्यान्वयन नगर्ने संकेत
नेकपाले बैठकका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै










 

 

 

 

ताजा खबर

  • तिलागुफा छ जुबिथामा सहिद परिवार र वृद्धवृद्धालाई न्यानो कपडा बितरण १० पुष २०८१, बुधबार २१:२६
  • फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फको शाही काठमाडौं १ बाट सिफारिस १० पुष २०८१, बुधबार २१:२६
  • अमेरिकाले भेनेजुएलामा गरेको आक्रमणमा ४० जनाको मृत्यु’ १० पुष २०८१, बुधबार २१:२६
  • यथास्थितिमा सीमित रहने सोच र परिवर्तनको चाहनाबिचको सङ्घर्ष अझै जारी छ : प्रचण्ड १० पुष २०८१, बुधबार २१:२६
  • सम्मान र स्वाभिमान नमेटाइकन सबैसँग सहकार्य गर्न तयार छौं : कुलमान १० पुष २०८१, बुधबार २१:२६

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2026 janabani.com
Developed by: 9849815297