काठमाडौँ – विचार मिल्ने पार्टीसित एकताको तयारी गर्न नेकपा माओवादी केन्द्रले’उच्चस्तरीय पार्टी एकता संवाद समिति’ गठन गरेको छ ।
मंगलबार सम्पन्न केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो । बैठक समापन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले चाँडै एकता वार्ताको पहल गर्ने बताए ।
समितिमार्फत विप्लव नेतृत्वको नेकपा, नेसपाको एक समूहसहित सबै विचार मिल्ने पार्टी तथा समूहसँग वार्ता गरेर एकतामा ल्याउन पहल गर्ने बताइएको छ ।
बैठकले अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको पार्टी रूपान्तरण र पुनर्गठनको सङ्कल्प, आजको ऐतिहासिक आवश्यकता शीर्षकको राजनीतिक प्रस्ताव परिमार्जनसहित पारित गरेको एक नेताले बताए। सो प्रस्तावमा पदाधिकारी र सदस्य गरी ११८ जनाले सुझाव दिएका थिए ।