Skip to content
  • १९ जेष्ठ २०८३, मंगलवार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य
२ माघ २०८१, बुधबार २१:५२
जनवाणी संवाददाता

काठमाडौं – माघ १६ गते काठमाडौमा समाजवादी मोर्चाले जनसभा गर्ने निर्णय गरेको छ । बुधबार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले उक्त निर्णय गरेको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सी ले जानकारी दिए ।
नेता प्रकाण्ड सीले सहिद दिवसको अवसर पारेर यहि माघ १६ गते काठमाडौंमा समाजवादी मोर्चाको तर्फबाट भब्य कार्यक्रम गर्ने निर्णय भएको जानकारी दिए । उनले बिगतमा समाजवादी मोर्चाको गति मन्द भएको भएको समिक्षा गर्दै आगामी दिनमा त्यस्तो कार्य दोहोरिन नदिने प्रतिवद्धता भएकोसमेत जानकारी दिए ।
यसैगरी , नेता प्रकाण्ड सीले यसअघि समाजवादी मोर्चाले कार्य दललाई दिएको जिम्मेवारी छिट्टै टुंग्याउने बताउदै पछिल्लो राजनीतिक घटनाक्रमलाई समेत समेटेर छिट्टै प्रतिबेदन बुझाउने समेत जानकारी दिए।
स्मरणीय छ, २०८० असार ४ गते सोमबार नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेर समाजवादी मोर्चा नेपाल गठन गरेका थिए भने गत फागुन ६ गते, आईतवार नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी बैठकले महासचिव विप्लव सीलाई समाजवादी मोर्चा नेपालको संयोजक तोकेको थियो ।
उक्त मोर्चाको सचिवालयमा नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता प्रकाण्ड सी, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, नेकपा समाजवादी पार्टीका उपाध्यक्ष प्रमेश हमाल र जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ रहेका थिए ।काठमाडौं । समाजवादी मोर्चाले माघ १६ गते वृहत् कार्यक्रम गर्ने निर्णय गरेको छ । बुधबार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले उक्त निर्णय गरेको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सी ले जानकारी दिए ।
नेता प्रकाण्ड सीले सहिद दिवसको अवसर पारेर यहि माघ १६ गते काठमाडौंमा समाजवादी मोर्चाको तर्फबाट भब्य कार्यक्रम गर्ने निर्णय भएको जानकारी दिए । उनले बिगतमा समाजवादी मोर्चाको गति मन्द भएको भएको समिक्षा गर्दै आगामी दिनमा त्यस्तो कार्य दोहोरिन नदिने प्रतिवद्धता भएकोसमेत जानकारी दिए ।
यसैगरी , नेता प्रकाण्ड सीले यसअघि समाजवादी मोर्चाले कार्य दललाई दिएको जिम्मेवारी छिट्टै टुंग्याउने बताउदै पछिल्लो राजनीतिक घटनाक्रमलाई समेत समेटेर छिट्टै प्रतिबेदन बुझाउने समेत जानकारी दिए।
स्मरणीय छ, २०८० असार ४ गते सोमबार नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेर समाजवादी मोर्चा नेपाल गठन गरेका थिए भने गत फागुन ६ गते, आईतवार नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी बैठकले महासचिव विप्लव सीलाई समाजवादी मोर्चा नेपालको संयोजक तोकेको थियो ।
उक्त मोर्चाको सचिवालयमा नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता प्रकाण्ड सी, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, नेकपा समाजवादी पार्टीका उपाध्यक्ष प्रमेश हमाल र जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ रहेका थिए ।

Post navigation

तत्काल नछुट्ने रवि लामिछाने
६० लाख धरौटीमा छाड्न रविलाई जिल्ला अदालत काठमाडौंको आदेश

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ २ माघ २०८१, बुधबार २१:५२
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो २ माघ २०८१, बुधबार २१:५२
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने २ माघ २०८१, बुधबार २१:५२
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै २ माघ २०८१, बुधबार २१:५२
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु २ माघ २०८१, बुधबार २१:५२

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297